निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

व्यवस्थित सहरी बिकासको नमुना सैनामैना बन्यो– नेता पौडेल

सैनामैना । नेकपा एमालेका उपाध्यक्ष, पूर्व अर्थमन्त्री तथा रुपन्देही २ का प्रतिनिधि सभा उम्मेदवार विष्णुप्रसाद पौडेलले एकीकृत व्यवस्थित सहरी बिकासको नमुना सैनामैनाले पेश गर्न तर्फ अगाडि बढेको बताएका छन् ।

लामिरहको थप व्यवस्थापन, बुद्ध कालिन ऐतिहासिक सैनामैनाको निर्माण र प्रचारप्रसार गर्ने, बोलबम धामको बिस्तृत योजना सहित अगाडि बढाउने, ५७ किलोमिटर लामो रहेको चक्रपथले यस क्षेत्रको बिकासको कोसेढुङ्गा साबित हुने बताउँदै पौडेलले एकीकृत व्यवस्थित सहरी बिकासको नमुना सैनामैनाले पेश गर्ने बताए ।

बुटवल – गोरुसिङ्गे- चन्दौटा सिक्सल्यनको सडकले सैनामैनालाई थप समृद्धिमा जोड्ने पौडेलको भनाइ छ । पौडेलले एमालेको नेतृत्वमा सुकुम्बासी समस्या समाधान हुने बताएका छन् ।

सोमबार सैनामैना १ र २ का विभिन्न चुनावी सभा लाई सम्बोधन गर्न पुगेका पौडेलले बिगतको केपी ओलीको नेतृत्वको सरकारले गर्न खोजेको सुकुम्बासी समस्या समाधान गर्ने काम रोकिएको र अब समस्या समाधान गर्ने बताउँदै पौडेलले भने -“भूमिहीन, अव्यवस्थित बसोवासी, सुकुम्बासीको समस्या समाधान गर्ने एमाले हो, हिजो एमालेकै नेतृत्वमा काम भयो अब बाँकी सुकुम्बासी समस्या समाधान गर्ने काम एमालेले गर्छ ।”

यसैबीच सैनामैनाका तरुण दल क्षेत्रीय सदस्य सुरेश पुन , तरुण दल सैनामैना नगर सदस्यहरु राकेश गुरुङ , सागर अर्याल , चुरामणि बस्याल , रोनाल्ड थापा नेपाली कङ्ग्रेस सक्रिय सदस्य कृष्ण के सि ,भरत कुँवर, आरिफ हुसेन, इलताब हुसेन, घनश्याम पाण्डे, माओवादी केन्द्र बाट राज कुमार चौधरी, बिनोद नेपाली, चम्पा दंगोरीया, सुमन दंगोरीया, राधेश्याम दंगोरीया, गीता चौधरी, रीता दंगोरीया, रजिया दंगोरीया, दिपेन्द्र थारु लगायत युवाहरु एमाले प्रवेश गरेका छन् ।

साथै राजन दङ्गोरीया थारु, बिरेन्द्र थारु,कमइ थारु, अभिषेक थापा, कुमार वि क, गौरव बेलबासे, धन नारायण चौधरी, खिम थापा लगायत एमाले प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पार्टीमा विष्णुप्रसाद पौडेल, भोजप्रसाद श्रेष्ठ, गोमा आचार्य लगायतले स्वागत गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित