निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै हो– नेता श्रेष्ठ

 

सैनामैना । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् ।

सोमबार सैनामैना १ र २ मा चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठ आफ्नै नेतृत्वमा २०५१ सालमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, त्यसयता गर्न खोज्दा पनि जनविरोधी पक्षको असहयोगका कारण रोकिए पनि अब एमालेको नेतृत्वमा सो सुकुम्बासी समस्या समाधान हुने बताए ।

२०५४ सालमा बुटवल नगरपालिकाको प्रमुख हुँदा योजाबद्ध बिकास गरेका कारण देशमै योजनावबद्ध विकासको नमुना पेश गरेको, विकासका हरेक पक्षमा काम गरेका कारण उत्कृष्ट नगरपालिकामा पुरस्कृत गर्न सफल भएको सोही उत्कृष्टताको बाटो बुटवल, सैनामैना अगाडि बढेको श्रेष्ठले बताए ।

कोभिड महामारीमा लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री हुँदा प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको, नि:शुल्क रक्तसञ्चार सेवाको सुरुवात गरेको, लुम्बिनी प्रदेशका प्रादेशिक अस्पताल र जिल्ला अस्पताल लगायत ठूला ३१ अस्पतालको स्तर बृद्धि गर्न अभियान चलाउनुको साथै स्वास्थ क्षेत्रमा बृहत सुधारका काम भएको श्रेष्ठले बताए ।

राष्ट्रियताको पक्षमा, जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने श्रेष्ठले बताए ।

लोकतन्त्रमा दल बदल हुन्छ, नयाँ पार्टी जन्मिन्छन्, पार्टी छनौटको अधिकार हुन्छ, कसलाई मत दिने जनताको रोजाइ हुन्छ तर राष्ट्रियताको पक्षमा काम गर्ने, जनताको पक्षमा काम गर्ने पार्टी एमाले रहेको हिजोका हाम्रा काम र गठबन्धनको सरकारको अहिलेको कामले पुष्टि गरेको श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको हाम्रो इतिहास छ, भविष्यमा पनि एमालेले त्यहीँ गर्ने श्रेष्ठले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित