निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

एमालेलाई बहुमत प्राप्त हुने संकेतहरु देखा परेका छन् ः पूर्व मन्त्री गोकर्ण विष्ट

बुटवल । पूर्व मन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी मंसिर–४ को निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् ।

एमालेप्रति जनताको आकर्षण र उत्साह बढ्दै गएको दाबी गर्दै उनले बहुमत प्राप्त गर्ने संकेतहरु देखा परेको उल्लेख गरे । शनिबार विहान गुल्मीको तम्घासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विष्टले जनताले मुलुकको नेतृत्व अब नेकपा एमालेलाई सुम्पिने बताए ।

मुलुकमा सुरु गरिएका महत्वकांक्षि योजनाहरुको पूर्णता र समृद्ध नेपालको सपना साकार पार्नेतर्फ अबको यात्रा रहेको बताए ।

गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका विष्टले गुल्मीमा आफूले सुरु गरेका बिकास योजनालाई पूर्णता दिनका लागि आफ्नो उम्मेदवार रहेको बताए ।

गुल्मी क्षेत्र नम्बर–२ लाई खरको छाना मुक्त घर, अधिकांश जनताको घरमा विद्युतीय सेवा बिस्तार, हरेक पालिकामा १५ शैय्याको अस्पताल निर्माण सुरु लगायतका जनताका आवश्यकतालाई मध्ययनजरगरी सुरु भएका अन्य योजनाहरुलाई पूर्णता दिने योजना प्रस्तुत गरे ।

मदनभण्डारी राजमार्गलाई पूर्णता दिने, सालझण्डी तम्घास जोड्ने सडक निर्माण, प्रत्येक वडालाई कालोपत्रे सडकले जोड्ने, कपिलवस्तुबाट गुल्मीमा विद्युत सब स्टेशन निर्माण गर्ने ४ अरब ७४ करोडको योजना पूरा गरी गुणस्तरीय विद्युत सेवा प्रदान गर्ने लगायतका विकास योजना उनले प्रस्तुत गरेका छन् ।

आफ्नो पहलमा सुरु भएका ५९ वटा पूल निर्माण मध्ये बाँकी रहेका योजनाहरुलाई पूरा गर्ने, ट्रयाक खोलिएका ४२ सस किलोमिटर सडकलाई स्तरोन्नती गर्ने, लखनथापा रङ्गशाला निर्माण सम्पन्न गर्ने, मदनभण्डारी राजमार्गसँग जोडिएका रणनैतिक सडक योजनाहरुलाई पूर्णता दिने लगायतका बिकास योजनाहरुमा आफ्नो चिन्ता रहेको उनले बताए ।

विपक्षीको तिकाटिप्पणी र आलोचनाभन्दा पनि आफ्ना बिकास योजनाहरु पूरा गर्नेतर्फ केन्द्रित रहेको उनले बताए ।

आफ्नो क्षेत्रमा रहेका असुरक्षित बसाईलाई सुरक्षित स्थानामा स्थानन्तरण गर्ने, शिक्षाको पहुँचमा वृद्धि, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको संरक्षणसहित विकास गर्ने योजना रहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित