रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

एमालेलाई बहुमत प्राप्त हुने संकेतहरु देखा परेका छन् ः पूर्व मन्त्री गोकर्ण विष्ट

बुटवल । पूर्व मन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी मंसिर–४ को निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् ।

एमालेप्रति जनताको आकर्षण र उत्साह बढ्दै गएको दाबी गर्दै उनले बहुमत प्राप्त गर्ने संकेतहरु देखा परेको उल्लेख गरे । शनिबार विहान गुल्मीको तम्घासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विष्टले जनताले मुलुकको नेतृत्व अब नेकपा एमालेलाई सुम्पिने बताए ।

मुलुकमा सुरु गरिएका महत्वकांक्षि योजनाहरुको पूर्णता र समृद्ध नेपालको सपना साकार पार्नेतर्फ अबको यात्रा रहेको बताए ।

गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका विष्टले गुल्मीमा आफूले सुरु गरेका बिकास योजनालाई पूर्णता दिनका लागि आफ्नो उम्मेदवार रहेको बताए ।

गुल्मी क्षेत्र नम्बर–२ लाई खरको छाना मुक्त घर, अधिकांश जनताको घरमा विद्युतीय सेवा बिस्तार, हरेक पालिकामा १५ शैय्याको अस्पताल निर्माण सुरु लगायतका जनताका आवश्यकतालाई मध्ययनजरगरी सुरु भएका अन्य योजनाहरुलाई पूर्णता दिने योजना प्रस्तुत गरे ।

मदनभण्डारी राजमार्गलाई पूर्णता दिने, सालझण्डी तम्घास जोड्ने सडक निर्माण, प्रत्येक वडालाई कालोपत्रे सडकले जोड्ने, कपिलवस्तुबाट गुल्मीमा विद्युत सब स्टेशन निर्माण गर्ने ४ अरब ७४ करोडको योजना पूरा गरी गुणस्तरीय विद्युत सेवा प्रदान गर्ने लगायतका विकास योजना उनले प्रस्तुत गरेका छन् ।

आफ्नो पहलमा सुरु भएका ५९ वटा पूल निर्माण मध्ये बाँकी रहेका योजनाहरुलाई पूरा गर्ने, ट्रयाक खोलिएका ४२ सस किलोमिटर सडकलाई स्तरोन्नती गर्ने, लखनथापा रङ्गशाला निर्माण सम्पन्न गर्ने, मदनभण्डारी राजमार्गसँग जोडिएका रणनैतिक सडक योजनाहरुलाई पूर्णता दिने लगायतका बिकास योजनाहरुमा आफ्नो चिन्ता रहेको उनले बताए ।

विपक्षीको तिकाटिप्पणी र आलोचनाभन्दा पनि आफ्ना बिकास योजनाहरु पूरा गर्नेतर्फ केन्द्रित रहेको उनले बताए ।

आफ्नो क्षेत्रमा रहेका असुरक्षित बसाईलाई सुरक्षित स्थानामा स्थानन्तरण गर्ने, शिक्षाको पहुँचमा वृद्धि, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको संरक्षणसहित विकास गर्ने योजना रहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित