लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

आयोग खारेज गर्नेले भूमिहीनलाई पूर्जा दिन सक्दैनन्ः एमाले नेता गिरी

बुटवल  ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले सुकुमबासी समस्या समाधानका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् ।

बुटवल ११ मा आज भएको घरदैलो अभियान कार्यक्रमा बोल्दै उनले अव्यवस्थित, भुमिहीनहरुको समस्या एमालेले मात्र बुझेको भन्दै अब एमालेले अरु पार्टीले जस्तो आश्वासन नदिई हातहातमा लालपुर्जा दिने बताए ।

एमाले सरकारमा रहंदा जग्गा नापजांचको कामसम्पन्न भई लालपुर्जा दिनै लाग्दा सरकारबाट बाहिरिदा लालपुर्जा वितरणको कार्य हुन नपाएको बताउंदै नेता गिरीले अब सरकारमा पुग्न साथ विधि र प्रक्रियाअनुसार अव्यवस्थित र भुमिहीनहरुलाई लालपुर्जा वितरण गरिने उनले बताए ।

शक्तिशाली भुमि आयोगबाट काम भइरहेको अवस्थामा अव्यवस्थित र भुमिहिन विरोधी तत्वहरुले षडयन्त्रपूर्वक मुद्दा मामिला गरेर लालपुर्जा वितरणको कार्य रोकेको समेत उनले बताए ।

नेता गिरीले तिनाउ दानव कोरिडोरको विकास गर्दा स्थानीयलाई व्यवस्थापन प्रमुख प्राथमिकतामा राखिने बताए ।

उनले बेलबास–बेथरी सडक निर्माणाधीन अवस्थामा रहेको बताउंदै यो आयोजनालाई छिटो सम्पन्न गराउने पहल गर्दै यो सडकलाई पर्यटनको विकास संग जोड्ने योजना एमालेले बनाएको बताए ।

साथै एमालेले सरकारमा रहँदा वा नरहँदा पनि सधै जनताका समस्या, भावना बुझ्ने गरेकाले अबको निर्वाचनमा पनि जनताले एमालेलाई स्वीकार गर्नुको विकल्प नरहेको नेता गिरीले बताए ।

उनले मुलुकको स्थिरता र समृद्ध विकासका लागि एमालेको सरकार आवश्यक रहेको भन्दै गठबन्धनबाट जनताको आशा मरिसकेको बताए ।

गठबन्धन सरकारका गतिविधिले संघीयतामाथि नै प्रश्न उठ्न थालेको बताउंदै नेता गिरीले एमालेले सरकारमा नेतृत्व गर्न साथ संघीयताको मर्म र भावना जनतालाई अझ बढी बुझाउँदै संघीयतालाई बलियो बनाउनतर्फ लाग्न आग्रह गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित