निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

आयोग खारेज गर्नेले भूमिहीनलाई पूर्जा दिन सक्दैनन्ः एमाले नेता गिरी

बुटवल  ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले सुकुमबासी समस्या समाधानका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् ।

बुटवल ११ मा आज भएको घरदैलो अभियान कार्यक्रमा बोल्दै उनले अव्यवस्थित, भुमिहीनहरुको समस्या एमालेले मात्र बुझेको भन्दै अब एमालेले अरु पार्टीले जस्तो आश्वासन नदिई हातहातमा लालपुर्जा दिने बताए ।

एमाले सरकारमा रहंदा जग्गा नापजांचको कामसम्पन्न भई लालपुर्जा दिनै लाग्दा सरकारबाट बाहिरिदा लालपुर्जा वितरणको कार्य हुन नपाएको बताउंदै नेता गिरीले अब सरकारमा पुग्न साथ विधि र प्रक्रियाअनुसार अव्यवस्थित र भुमिहीनहरुलाई लालपुर्जा वितरण गरिने उनले बताए ।

शक्तिशाली भुमि आयोगबाट काम भइरहेको अवस्थामा अव्यवस्थित र भुमिहिन विरोधी तत्वहरुले षडयन्त्रपूर्वक मुद्दा मामिला गरेर लालपुर्जा वितरणको कार्य रोकेको समेत उनले बताए ।

नेता गिरीले तिनाउ दानव कोरिडोरको विकास गर्दा स्थानीयलाई व्यवस्थापन प्रमुख प्राथमिकतामा राखिने बताए ।

उनले बेलबास–बेथरी सडक निर्माणाधीन अवस्थामा रहेको बताउंदै यो आयोजनालाई छिटो सम्पन्न गराउने पहल गर्दै यो सडकलाई पर्यटनको विकास संग जोड्ने योजना एमालेले बनाएको बताए ।

साथै एमालेले सरकारमा रहँदा वा नरहँदा पनि सधै जनताका समस्या, भावना बुझ्ने गरेकाले अबको निर्वाचनमा पनि जनताले एमालेलाई स्वीकार गर्नुको विकल्प नरहेको नेता गिरीले बताए ।

उनले मुलुकको स्थिरता र समृद्ध विकासका लागि एमालेको सरकार आवश्यक रहेको भन्दै गठबन्धनबाट जनताको आशा मरिसकेको बताए ।

गठबन्धन सरकारका गतिविधिले संघीयतामाथि नै प्रश्न उठ्न थालेको बताउंदै नेता गिरीले एमालेले सरकारमा नेतृत्व गर्न साथ संघीयताको मर्म र भावना जनतालाई अझ बढी बुझाउँदै संघीयतालाई बलियो बनाउनतर्फ लाग्न आग्रह गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित