रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

रुपन्देही–२ : घरदैलो अभियानमा व्यस्त विष्णु पौडेल, चुनाव कम विकासको चिन्ता बढी

बुटवल ।
रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णु पौडेल चुनावी तयारीभन्दा यो क्षेत्रको विकासे योजनामा बढी केन्द्रीत भएका छन् ।

तिनाउ–दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी–तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमास्थलको सञ्चालन, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन, बुटवल–नारायणगढ सडक बिस्तार, बुटवल–बेलहिया सडक बिस्तार, बुटवलमा सिग्नेर पुल निर्माण र बुटवल–चन्द्रौटा ६ लेन सडक बिस्तार लगायतका दर्जन बढी बिकास योजना रुपन्देहीको मुहार फेर्ने परियोजनाहरु हुन् ।

लुम्बिनी गुरुयोजना, मुलुककै लामो सैनामैना चक्रपथ, मोतिपुर औद्योगिक क्षेत्र, सैनामैनामा लामिरह जलासय निर्माण, बुटवल–बेथरी सडकलगायत योजनाहरु सम्पन्न गरी रुपन्देहीलाई बिकासको रोलमोडल बनाउने परिकल्पना गरेका पूर्व अर्थमन्त्री विष्णु पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् ।

आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले घरदैलो अभियान तथा जनतासँगको छलफलमा समेत आफूले सुरु गरेका, सम्पन्न भएका तथा परिकल्पना गरेका बिकास योजनामा बढी चिन्तित देखिएका छन् ।

राजनीतिक भाषण र अरुको आलोचना कम, बिकास योजनाबारे बढी ध्यान केन्द्रित गरेका पौडेललाई आफ्नो चुनावभन्दा बढी बिकास योजनाहरु सम्पन्न गर्नेतर्फ गम्भीर देखिन्छन् ।

विभिन्न सार्वजनिक कार्यक्रम तथा सभा सम्मेलनमा समेत आफूलाई अरुको टिप्पणी गर्ने फुर्सद नभएको बताउने गरेका पौडेलले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई रुपन्देहीलाई बिकासको नमुना मानकको रुपमा स्थापित गर्नेतर्फ आफ्नो ध्यान रहेको बताउने गरेका छन् ।

बुधबार बुटवल उपमहानगरका वडा नम्बर ११ र वडा नम्बर ८ मा घरदैलो अभियानसहित पुगेका पौडेलले आफ्ना विकास योजनाहरु दोहोर्याउँदै ती योजना सफल पार्नका लागि राजनीतिक स्वार्थभन्दा माथी उठेर साझा मानसिकताले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कसैको आलोचना र टिकाटिप्पणीबाट मुलुकको विकास नहुने कुरा स्पष्ट पार्दै पौडेलले विकासका कामहरुमा जनतालाई भ्रमित र आतंकित बनाउनेहरुसँग सचेत रहनसमेत आग्रह गरे ।

विकासको नाममा कसैलाई पनि घरबारविहीन नबनाइने प्रतिवद्धता व्यक्त गर्दै उनले बुटवलमा सुरु गरिएका विभिन्न विकास योजनाहरुमा राजनीतिक स्वार्थ साँधेर आतंकित पार्ने र गलत व्याख्या गरी जनता उराल्नेहरुसँग सचेत रहन आग्रह गरे ।

जनताको सुरक्षित बासपछि मात्रै बिकास निर्माणका काम अघि बढ्ने बताउँदै उनले मुलुकलाई समृद्धितर्फ लैजानका लागि विकास योजनाबारे छलफल गर्न आवश्यक रहेको बताए । आफूलाई चुनावमा हुने जितहारभन्दा बढी विकास योजनाबारे चिन्ता हुने गरेको उनले बताए ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा जनताले सूर्यमा मतदान गरी अधुरा विकास योजनाहरु पूरा गर्ने जिम्मेवारी एमालेलाई सुम्पिने विश्वास व्यक्त गर्दै मुलुकलाई अब समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए ।

मुलुक चरम आर्थिक संकट र बेरोजगारीमा फसेकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले वर्तमान गठबन्धन दलले देशलाई सही ट्रयाकमा हिँडाउन नसकेको बताए ।

‘मुलुकलाई सही बाटोमा ल्याएर हिंडाउनका लागि नेकपा एमालेकै नेतृत्व आवश्यक छ ।’–पौडेलले भने मंसिर ४ पछि मुलुकको नेतृत्व एमालेले गर्छ । तपाईहरु ढुक्क भएर सूर्यमा मतदान गर्नुहोस् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित