कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

गुल्मीमा नेकपा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश

गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रका नेताहरु सहित अन्य विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा धुर्कोट गाउँपालिकाको कार्यपालिका सदस्य कमला घर्ती, नेकपा माओवादी केन्द्र रेसुङा नगरकमिटी सह-सचिब कमला परियार, पुर्व जनमुक्ति सेना तथा बाइसिएल जिल्ला कमिटी सदस्य ज्ञानुराम खनाल र नेकपा माओवादी केन्द्र रेसुङा नगरकमिटी सदस्य इन्दिरा मगर एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारी दिए ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य गणेश खनाल र जिल्ला अध्यक्ष बालसिह काउछा लगायतका नेताहरूले स्वागत गरेका थिए ।

एमाले प्रवेश गर्ने नेतृ घर्तिले अबको जनताको पार्टी एमाले भएकाले समाहित भएको बताइन् । उनले माओवादी केन्द्रले गैर कम्युनिस्टहरुसङ गठबन्धन गरेर सहिदको सपना कुल्चिदै ब्यक्तीगत स्वार्थमा लिप्त भएपछि पार्टी छोड्नुको अर्को विकल्प नभएको बताइन ।

पुर्व जनमुक्ति सेना तथा वाइसीएल जिल्ला सदस्य ज्ञानुराम खनालले ज्यानको बाजि थापेर हुर्काएको पार्टी र ब्याबस्थालाई माओवादी नेतृत्वले धरापमा पारेकाले एमालेमा आवद्ध हुन सबैलाई आग्रह गरे ।

प्रवेश गर्ने सबैले आगामी निर्वाचनमा एमाले दिएको निर्देशन र जिम्मेवारीलाई दृढताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एमालेमा आवद्ध भएका नेताहरूलाई स्वागत गर्दै एमाले अध्यक्ष बालसिह काउछाले एमाले विरुद्ध गरिएको घेराबन्दी तोडेर एमालेमा आवद्ध भएका साथीहरूलाई उपयुक्त जिम्मेवारी दिएर अगाडी बढने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित