कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

तिनाउ–दानव करिडोरमा सुरक्षित बस्तीसँगै नमुना विकास: पूर्व अर्थमन्त्री पौडेल

बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षी योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताएका छन् ।

रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट विस्थापित तथा प्रभावित हुने जनतालाई आवश्यकताअनुसार सुरक्षित र व्यवस्थित बसोबासका लागि आफू गम्भीर रहेको उनले बताए । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले विकास विरोधी र अफवाह फैलाउनेहरुका नियोजित भ्रममा नपर्न रुपन्देहीवासीआई आग्रह गरे ।
रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मंगलबार बुटवल उपमहानगरको वडानम्बर ११ तथा तिलोत्तमा नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै यहाँको विकाससँगै बस्ती व्यवस्थापनको विषयमा आफू सचेत र गम्भीर रहेको उल्लेख गरे ।

विशेषगरी बुटवलमा सुरु गरिएको महत्वकांक्षी विकास योजना तिनाउ–दानव करिडोरका जनतालाई विभिन्न ढंगबाट आतंकित पार्ने काम भएकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले करिडोरका नाममा कुनै पनि जनतालाई घरबारविहीन नबनाइने स्पष्ट पारे ।

करिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्थामा समेत बुटवलभित्रै अहिलेकोभन्दा थप व्यवस्थित र विकास पूर्वाधारले सम्मपन्न स्थानमा जनताको इच्छाअनुसार नै व्यवस्थापन गरिने उनले बताए । यसैगरी मोतिपुर औद्योगिक क्षेत्रका प्रभावित जनतालाई समेत व्यवस्थापन गरेर मात्रै काम अघि बढ्ने स्पष्ट पारे ।

सिंगो रुपन्देहीलाई बिकासको रोलमोडलको रुपमा अगाडि बढाउने योजना अनुसार काम भएको उनले बताए । रुपन्देहीमा भौतिक पूर्वाधार तथा मानवीय विकासका लागि विगतदेखि काम गर्दै आएको स्मरण गराउँदै उनले विकासमा कसैले पनि राजनीति नगर्नसमेत आग्रह गरे । साझा मानसिकता र साझा प्रयासले मात्रै विकासमा फड्को मार्ने काम सम्भव भएको उल्लेख गर्दै पौडेलले विकास विरोधीहरुले फैलाएका अफवाहको भ्रममा नपर्न जनतासमक्ष आग्रह गरेका छन् । कसैका बारेमा टिकाटिप्पणी गर्नका लागि आफूसँग समय नरहेको बताउँदै उनले जनतासँगको भेटघाट र विकास योजनाका बारेमा छलफलमा केन्द्रित रहेको बताए ।
भौतिक पूर्वाधारको बिकासँगै यहाँको मानवीय विकास तथा रोजगार सिर्जना गरी अबको यात्रा आर्थिक समृद्धितर्फ रहेको उनले बताए । यहाँ बन्दै गरेका औद्योगिक क्षेत्रबाट उत्पादन वृद्धिसँगै हजारौं युवाहरुलाई रोजगार सिर्जना गर्न सकिने उनले बताए ।

यसैगरी कालिगण्डकी–तिनाउ डाइभर्सन गरी हजारौं विगाह जमिनलाई सिंचित गरी कृषि उत्पादनमा वृद्धि, जलविद्युत आयोजना निर्माण, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनपछि मुलुकको नेतृत्व जनताले नेकपा एमालेलाई सुम्पिने बताउँदै उनले आगामी बिकास योजनाका बारेमा आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए । मुलुकको बिकास र समृद्धि एमाले पार्टीबाट मात्रै सम्भव भएको दाबी गर्दै उनले आउने निर्वाचनमा सूर्यमा मतदान गर्नका लागि जनतासमक्ष आग्रह गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार