रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

रूपन्देही-२ मा वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानले एमालेलाई सघाउने

बुटवल । बामदेब गौतम नेतृत्व नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिष्णु पौडेललाई समर्थन जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको छ ।
पौडेललाई समर्थन गरेको जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज महेन्द्र अर्यालले भने-‘बिष्णु पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएका कारण हामीले समर्थन जनाएका हौं ।’ उनले अघि भने ‘विष्णु पौडेल सिंगो बामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति हुन् । नितान्त एमाले मात्रै नबुझेर उहाँ राष्ट्रको नेता हो । राष्ट्रका लागि आवश्यक नेता हो ।’ यहाँका उद्योगीहरुको लगानी, युवाहरुको रोजगारी लगायतका कुराहरुको ग्यारेन्टीका लागि पनि पौडेललाई जिताउन आवश्यक रहेको उनले बताए ।
बामदेव गौतम नेतृत्वको एकता अभियानका रुपन्देही जिल्ला ईन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरुको २५ सय बढी मतदाता रहेको दाबी गरे । आगामी निर्वाचनका लागि एकता अभियानले बुटवलबाट पौडेललाई समर्थन गरेसँगै देशैभरका उम्मेदवारहरुलाई समर्थन गरेर अघि बढ्ने अभियानमा रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित