भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

मुलुकको अस्थीरतालाई परास्त गर्न एमालेको सरकार आवश्यक – नेता गिरी (तस्वीरहरु)

बुटवल । लुम्बिनी प्रदेशका पुर्व मन्त्री एमाले नेता लिला गिरीले मुलुकको अस्थीरतालाई परास्त गर्न एमालेको सरकार आवश्यक रहेको बताएका छन् । अहिले मुलुक अस्थिरताको सिकार भएको बताउँदै त्यो चुनौतीलाई एमाले नेतृत्वको सरकारले परास्त गर्ने उनको भनाई छ ।

नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका गिरीले तिलोत्तमा ६ पश्चिम पहुँनीमा भएको घरदैलो कार्यक्रममा बोल्दै उनले एमाले नेतृत्वको सरकारलाई काम गर्न नदिई बीचमै रोक्ने काम भएको समेत बताए ।

मुलुकलाई माथी उठाउन नदिने र देशलाई आर्थिक र राजनितीक समस्याबाट ग्रस्त पार्ने काम भएको भन्दै मुलुकमा स्थीरता कायम गर्न पनि एमालेको नेतृत्व आवश्यक रहेको उनको भनाई थियो ।

अहिलेको निर्वाचनमा कुनै पनि व्यक्तिगत एमालेको जीत हुने भन्दा पनि एमालेको विजयी सिंगो मुलुक र जनताको जीत हुने उनले बताए ।

घरदैलो अभियानमा पुगेका गिरी त्यहाँका मतदाताका समस्या र गुनासो पनि सुनेको थिए । मतदाताले विद्यालयमा प्राविधिक शिक्षा, मठमन्दिरको स्तरउन्नती, सडक कालोपत्रे, तटबन्द हुनुपर्ने माग राखेको थिए ।

मतादाताको सुझाव पछि नेता गिरीले पश्चिम पहुनी माविलाई स्तरउन्नती गरेर प्राविधिक शिक्षामा जोड्ने कामको थाली गरेको बताए । अहिले पुर्वधार निर्माणको काम समेत भइरहेको बताउँदै त्यसलाई सम्पन्न गरेर प्राविधिक शिक्षा सञ्चालन गरिने उनले बताए ।

त्यसैगरी व्यवसायीक कृषि, पशुपालकहरुलाई अनुदानको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले सो अवसरमा जनाए ।

पहुँनीलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना समेत आफुले बनाएको भन्दै त्यस क्षेत्रमा रहेको मन्दिरहरुको स्तरउन्नतीका लागि बजेट अभाव हुन नदिने गरी आफुले काम गर्ने नेता गिरीको भनाई छ ।

मोक्षधाम, बासघारी मन्दिर, मडाबाबा मन्दिरलाई स्तरउन्नती गरी धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने उनले बताए ।

साथै उनले सो क्षेत्रमा भएका अधुरा कालोपत्रे सडकहरुलाई निर्माण गर्ने समेत बताए ।

एमाले नेतृत्वको सरकारले तिलोत्तमा रिङ रोडको योजना अघि बढाएको स्मरण गराउँदै नेता गिरीले त्यसलाई पुरा गर्न आवश्यक बजेटको व्यवस्था गर्ने समेत बताए ।

‘सडक निर्माण हुनेछ । भित्री सडक कालोपत्रे हुनेछ । तटबन्द निर्माणको काम अहिले पनि कतिपय ठाउँमा भएको छ । बेतानी जोड्ने पुल बनिरहेको छ । त्यसपछि यो क्षेत्रले विकासमा साच्चै फड्र्को मार्नेछ ।’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित