रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

प्रतिबद्धता पुरा नगरे जनताको कठघरामा उभिनेछु : भुसाल

बुटवल । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले जनतासंग गरेको प्रतिबद्धता पुरा गर्ने बताएका छन् ।

शनिबार देवदहमा आयोजित ‘स्रष्टासंग घनश्याम भुसाल’ कार्यक्रममा बोल्दै उनले केवल चुनाव जित्नका लागि मात्र आफूले आश्वाशन नदिएको उल्लेख गरे ।

उनले भने, ‘मैले अनावश्यक र भ्रमपूर्ण आश्वासन बांढ्ने गरेको छैन्, गर्न सक्ने प्रतिबद्धताहरु सार्वजनिक गरिरहेको छु, ती प्रतिबद्धता पुरा नगरे जनताको कठघरामा उभिन तयार छु ।’

स्रष्टाहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै भुसालले निकै लामो संघर्ष गरेर नेकपा एमाले पार्टीलाई जनताको प्यारो पार्टी बनाएको तर संसद र सरकारमा जनताको मुद्दा उठाउँदा एमाले नेतृत्वले उल्टै अपमान गरेको गुनासो गरे । उनले भने, ‘हिजो पार्टीगत रूपमा केही अफ्ट्याराहरू थिए तर अब म स्वतन्त्र छु र मेरो वास्तविक परीक्षा अब सुरु भएको छ, तर बोलेको कुरा पुरा गर्नेछु ।’

नेपाली कला, साहित्य र लेखनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले नेताहरूमा सही सांस्कृतिक चिन्तन आवश्यक रहेको तर्क गरे । पछिल्लो समय नेपाली राजनीति खराब लयमा गुज्रिरहनुमा समेत नेताहरूको समाज र संस्कृतिलाई बुझ्ने सवालमा रहेका समस्या कारक रहेको बताउँदै उनले बताए । बिग्रेको राजनीतिलाई लेखन, साहित्य तथा विचारको माध्यमबाटै सुधारेर राजनीतिक नेतृत्व र समाजलाई सही दिशामा हिडाउँन स्रष्टाहरूले भुमिका खेल्नुपर्ने उनको भनाई थियो ।
हिजो तपाइले संसदमा रहेर के गर्नुभयो र अब तपाइलाई फेरि किन संसदमा पठाउने भन्ने स्रष्टाहरुको जिज्ञासामा भुसालले बिगतमा आफू संसदमा रहंदा लोकतन्त्र र संविधानको रक्षा तथा पार्टी भित्रको गलत प्रवृत्तिविरुद्ध निर्धक्कका साथ आवाज उठाएको बताए ।

जनताको साथ, माया र उत्साह देख्दा निर्वाचन जित्छु जस्तो लागेको बताउँदै भुसालले अब संसदमा गएर बाँकी रहेका विकास निर्माणका अधुरा कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा समालोचक तथा लेखक रामचन्द्र श्रेष्ठले अहिलेको चुनावमा एकातिर कमल थापा र दिपक बोहरा जस्ता परिर्वतन बिरोधी, अझैपनि राजतन्त्र चाहिन्छ भन्नेहरू रहेको र अर्कोतिर घनश्याम भुसालहरू रहेकोले जनताले कसलाई संसदमा पठाउँने भन्ने फैसला सोही अनुसार गर्नुपर्ने बताए ।

देशको राजनीति दलाल उत्पादन गर्ने दिशातर्फ अगाडि बढिरहेको बताउँदै उनले बिग्रीएको राजनीतिलाई सही दिशामा लैजान सांसदहरूको भुमिका हुने र त्यो भुमिका घनश्याम भुसालहरूले खेल्न सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा युगीन साहित्य समाजका विष्णु विवस पोखरेल, फोनिज रुपन्देहीका उपाध्यक्ष प्रेम थापा, कलाकार तेजु अर्याल लगायतले समसामयिक विषयमा भुसालसंग जिज्ञासा राखेका थिए । नेपाली लेखक संघ र अखिल नेपाल लेखक संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रमको मिडिया संयोजन प्रेस सेन्टर नेपालले गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार