३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रुपन्देही क्षेत्र नं. २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ भोट माग्दै जनताको घरदैलोमा

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठ भोट माग्दै जनताको घरदैलोमा पुगेका छन् ।

आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार रहेका श्रेष्ठलाई जनताले आशिर्वाद दिदै भन्छन् -“हामी काम गर्नेलाई भोट दिन्छौं, तपाईं काम गर्ने मान्छे हो ।”

शुक्रबार बुटवल ३ चिडियाखोला, गोलपार्क, ज्योतिनगर क्षेत्रमा घरदैलोमा पुगेका श्रेष्ठलाई पहिले सुकुम्बासी आयोगमा रहेर गरेको काम, २०५५ सालमा ज्योतिनगरमा गरेको पहिरो व्यवस्थापन, २०५४ सालमा बुटवल नगरपालिकाको नगर प्रमुख हुँदा गरेको काम साथै कोरोना कालमा गरेको उल्लेख्य काम सम्झिएको बताउँदै निश्चित हुन मतदाताले श्रेष्ठलाई अपिल गरे ।

घरदैलोमा पुगेका श्रेष्ठले आफुले जनताको हितको पक्षमा काम गरेको, बिगतमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, नगर प्रमुख हुँदा गरेको नमुना विकास, कोभिडको समयमा छोटो कार्यकाल स्वास्थ्य मन्त्री हुँदा गरेका उल्लेख्य कामहरु र अब पाँच वर्षमा के गर्ने भन्ने घोषणापत्रमा उल्लेखित २० ग्यारेन्टी नै आफ्नो विगत र भविष्यको योजना रहेको श्रेष्ठले बताए ।

नि:शुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, भ्रष्टाचार विरोधी अभियान लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको घरदैलोमा पुगेका श्रेष्ठले बताएका छन् ।

यसैबीच चुनाव परिचालन कमिटी बुटवल ३ गोलपार्कको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले लोकतन्त्रमा दल बदल हुन्छ, नयाँ पार्टी जन्मिन्छन्, पार्टी छनौटको अधिकार हुन्छ, कसलाई मत दिने जनताको रोजाइ हुन्छ तर राष्ट्रियताको पक्षमा काम गर्ने, जनताको पक्षमा काम गर्ने पार्टी एमाले रहेको हिजोका हाम्रा काम र गठबन्धनको सरकारको अहिलेको कामले पुष्टि गरेको श्रेष्ठले बताएका छन् ।

“गठबन्धनको सरकारको कारण मूल्य बृद्धि भएको, राष्ट्रहित बिरुद्ध गतिविधि बढेको, राष्ट्रिय ढुकुटीमा बिचौलियाको प्रवेश पाएर धनी पोस्ने गरिबलाई सेक्ने काम भयो, जनतालाई भ्रममा राखेर देश बर्वादी बनाउने छुट कसैलाई छैन् ।” श्रेष्ठले भने ।

अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको हाम्रो इतिहास छ, भविष्यमा पनि एमालेले त्यहीँ गर्ने श्रेष्ठले बताए ।

राष्ट्रियताको पक्षमा, जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने श्रेष्ठले बताए ।

सो भेलालाई सम्बोधन गर्दै राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले आगामी चुनाब राष्ट्रियता पक्षधर र राष्ट्रियता बिरोधिको बिच भएको बताएका छन् । “अहिलेको गठबन्धन जुन गतिविधि गरिरहेको छ त्यो देश बिरोधि छ।” – उदयले भने ।

हाम्रो लागि पहिलो प्राथमिकता देश हो, जनता हुन, राष्ट्रियता हो सो मुद्दामा एक हुनेहरू संगै चुनावी अभियानमा जुटेको उदयले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित