रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

समानुपातिक प्रतिनिधित्व संविधानमा लेखाउने विनोद पहाडी चुनावी मैदानमा

बुटवल । यतिखेर राजनीतिक दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार चुनावी अभियानमा छन । फरक पृष्ठभूमि र दल अनी स्वतन्त्र उम्मेद्वार घरदैलौमा पुगेका छन् ।

सबैले विकास र समृद्धिको नारा लगाउँदै हिडेका पनि छन । तर, यहि भिडमा एकजना पात्र रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ को १ मा दैनिक चुनावी अभियानमा खटिएका छन् । ती पात्र हुन विनोद पहाडी ।

वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार पहाडी ति व्यक्ति हुन् जो समानुपातिक निर्वाचन प्रणालीलाई स्थापित गराउन अनशन बसेका थिए । ०६२÷६३ सालको जनआन्दोलनपछि समावेशिता र समानुपातिक निर्वाचन प्रणालीको बहस चर्किएको थियो ।

त्यहि विचमा २०६४ सालमा संविधानसभा सदस्य बनेका पहाडीले समानुपातिक निर्वाचन प्रणाली स्थापित गराउन र संविधानमा लेख्न अनशन बसेर दलहरुको ध्यानआर्कषण गराउन सफल भए ।

त्यहि समानुपातिक निर्वाचन प्रणालीका कारण महिला, दलित, अल्पसंख्यक तथा दलहरुको उपस्थितीको ग्यारेन्टी भएको छ । संविधान लेखनमा महत्वपूर्ण योगदान पु¥याएका तिनै पहाडी अहिले रुपन्देही क्षेत्र न. ५ को १ बाट प्रदेशसभा सदस्य पदमा उम्मेद्वार बनेका छन ।

संघीय संसदमा संविधानसभा सदस्यका रुपमा प्रवेश गरेका पहाडी प्रदेशसभाको उम्मेद्वार आफ्नै चाहना र रुचीले बनेको बताउँछन ।

‘हामीले ल्याएको संघीयतालाई जनतासँग अझै जोड्न सकेका छैनौं, त्यसैले अब प्रदेशसभा र प्रदेश सरकार बलियो बनाउन आवश्यक छ’ पहाडीले भने –‘यो पटक जनताको अभिमतले म प्रदेश बलियो बनाउन चाहन्छु ।’

उनले स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै प्रदेशले नै विकासमा नमूना काम गर्ने बताए । ‘म भूइँतहकै नागरिकको जीवनस्तर उकासेर दीगो विकास गर्नुपर्छ भन्ने पक्षमा छु, त्यसैका लागि मेरो उम्मेद्वारी हो’ उनले भने । उनले संघीयतालाई बलियो बनाउँदै जनताको आवश्यकता अनुसारकै विकास गर्ने गरि आफू मैदानमा उत्रेको बताए ।

नेकपा माओवादी केन्द्रबाट गठबन्धनबाट प्रदेशसभा ५ को १ तर्फ उम्मेद्वार बनेका पहाडीसँग एमालेका भूमिश्वर ढकाल प्रतिस्पर्धामा उत्रेका छन । ढकाल यसअघि २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले प्रदेश राजधानी सार्न तत्तकालीन मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग गरेको आरोप लाग्ने गरेको छ ।

को हुन पहाडी

२०४६ सालको राजनैतिक परिवर्तनसँगै पहाडी पत्रकारितामा प्रवेश गरेका हुन ।

२०४४ सालमा अनेरास्ववियू छैठौंमा संगठित हुँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यका रुपमा रहेका छन । पहाडीले नेपाली समाजमा जरा गाडेर बसेको छुवाछुत विरुद्धको आन्दोलन र मानव अधिकारको बिषयमा वकालत गर्दै आएका छन ।

रुपन्देहीको विकासमा पत्रकारिताको माध्यमबाट निरन्तर क्रियाशिल पहाडीले यहाँको विकास दीगो बनाउने कुरामा निरन्तर लागिपरेका व्यक्ति हुन ।

२०४४ सालमा मेघालय शरणार्थीहरुको पक्षमा आन्दोलन गर्दा गिरफ्तार भई २७ दिनसम्म हिरासत बस्नुभएका पहाडीले नौ वामको राष्ट्रिवादी आन्दोलनमा सरिक भएको भन्दै  २०५० मा गिरफ्तार भई ७ दिन हिरासत बस्नुप¥यो ।  २०५२ सालमा जनयुद्ध प्रारम्भ भएपछि फागुनमै गिरफ्तार भई एकसातापछि हिरासतमुक्त भएका थिए ।

विस २०५३ देखि २०५८ सम्म दुई कार्यकाल नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष, एक कार्यकाल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुनुभएका उहाँले समाज रुपान्तरण, उत्पीडित समुदायको मुद्धालाई प्राथमिकतामा राखे ।

विस २०२८ सालमा पाल्पाको भुवनपोखरीमा पहाडीको जन्म भएको हो । रामबहादुर नेपाली र आमा साभी नेपालीको कोखबाट जन्मनुभएका पहाडी संघर्षबाटै यहाँसम्म आइपुग्नुभएको हो ।

रुपन्देहीको सैनामैना, रुद्रपुर, सालझन्डी क्षेत्रमा सामाजिक र राजनैतिक अभियानमा २०४६ सालको परिवर्तनसँगै होमिएका हुन ।  संविधानसभा सदस्य भएको पहाडीले नै बादी विकास बोर्ड, राष्ट्रिय मुस्लिम आयोग गठन गरिनुपर्ने मुद्धा उठाएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित