थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

रुपन्देही–१ मा एमाले उम्मेदवारलाई मतदाताको आशिर्वाद

देवदह । रुपन्देही क्षेत्र नं १ मा नेकपा एमालेका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई मतदाताले जितका लागि आशिर्वाद दिएका छन् ।
चुनावी अभियानका क्रममा तिलोत्तमाको वडा नंं १५ र १६ मा घरदैलो तथा ओमसतिया–३मा प्रचार कार्यालय उद्घाटनका क्रममा मतदाताले प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेलाई टिका लगाइदिंदै आशिर्वाद दिएका हुन् ।
मतदाताले सत्ता गठबन्धनले आफूले जित्न नसक्ने देखेर उम्मेदवारी नदिई एमाले छाडेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै जनताको रोजाई एमाले नै भएको बताएपछि आफूहरु उत्साहित भएको एमाले उम्मेदवारहरुको भनाई छ ।
आम जनताको हित, देशको विकास र राष्ट्रियताको रक्षाका लागि एमालेको जित आवश्यक रहेको भन्दै मतदाताले जनताको भावना अनुसार काम गर्न सुझाव समेत दिएका एमाले नेता वेद गिरीले बताए ।
घरदैलोका क्रममा उम्मेदवार विश्वकर्माले अव्यवस्थित बसोबासी, सुकुम्बासी र गाउं ब्लकका जनतालाई लालपुर्जा, किसानलाई सिंचाई सुविधा तथा सडक, शिक्षा र स्वास्थ्यमा एमालेले जनताको चाहना अनुसार काम गर्ने प्रतिवद्धता जनाए । नेता विश्वकर्माले सत्तम गठबन्धनका कारण संकटमा परेको राष्ट्रियतालाई जोगाउन, महंगी र भ्रष्टाचार रोक्न एमाले,राप्रपा र जसपाको तालमेल भएको भन्दै रुपन्देही १ मा सत्ता गठबन्धन भन्दा १५ हजार मतान्तरले आफूहरुले चुनाव जित्ने भएकाले उत्साहित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले एमाले नेतृत्वको सरकारमा अघि सारेका विकास योजनाहरु पूरा गर्न आफू उम्मेदवार भएको भन्दै तिनलाई पूरा गरेरै छाड्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित