थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

तिनाउ–दानव कोरिडोरका स्थानियलाई स्थापित गरेर मात्र योजना अघि बढाउँछौ–गिरी

बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र न २ (१) का उम्मेदवार लिला गिरीले तिनाउ दानव कोरिडोरका जनतालाई स्थापित गरेर मात्र योजना अघि बढाउने बताएका छन् । कोरिडोर क्षेत्रभित्र पर्ने स्थानियलाई बुटवल भित्रै स्थापित गरेर मात्र सो क्षेत्रमा कोरिडोरको कार्य अघि बढाउने उनको भनाई छ ।
‘कोरिडोर भित्र पर्ने स्थानियहरुलाई बुटवल भित्रको कुनै स्थानमा स्थापित गर्छौ । यो योजनाबाट कोही पनि विस्थापित हुनु पर्दैन । हामीले सुरु देखि यहाँका नागरिकलाई अनेत्र स्थापित गरेरै योजना अघि बढाउने भनेका छौ । त्यो गर्छौ पनि ।’ उनले भने ।
त्यस्तै उनले सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन एमालेको पहिलो कार्य रहेको बताए । बुटवल–११ मा आयोजित तिलोत्तमा टोल भेला कार्यक्रममा बोल्दै उनले आफुहरु निर्वाचित भएपछिको पहिलो कार्य स्वरुप सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने बताए ।
एमाले नेतृत्वको सरकार रहँदा भुमिहिनहरुलाई लालपुर्जा वितरणको कार्य भुमि आयोग गठन गरेर सुरु गर्दै गर्दा पार्टी सरकारबाट बाहिरिनु परेको भन्दै उनले अब हातहातमा लालपुर्जाको वितरण अब एमालेले आगामी निर्वाचन पछि गर्ने बताए । अहिले सरकार भुमिहिनको समस्या प्रति गम्भिर नभएको बताउँदै नेता गिरीले एमाले सरकार रहँदा वा नरहँदा सधै भुमिहिन, सुकुमबासी, अव्यवस्थित बसोबासीको पक्षमा रहेको बताए ।
‘हामी पहलमा बुद्धनगरलाई बुटवल जोड्ने पुल बनायौ । तिनाउ पारीलाई साच्चै नमुना बनाउन कोरिडोरको योजना अघि बढेको छ । बेलबास–बेथरी सडक निर्माणधिन अवस्थामा छ । यी योजना सम्पन्न भएपछि बुद्धनगर, तिलोत्तमा मात्र होईन, वडा नंं ११ को तिनाउ वारी साच्चै समृद्ध बन्नेछ ।’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित