दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

तिनाउ–दानव कोरिडोरका स्थानियलाई स्थापित गरेर मात्र योजना अघि बढाउँछौ–गिरी

बुटवल । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रुपन्देही क्षेत्र न २ (१) का उम्मेदवार लिला गिरीले तिनाउ दानव कोरिडोरका जनतालाई स्थापित गरेर मात्र योजना अघि बढाउने बताएका छन् । कोरिडोर क्षेत्रभित्र पर्ने स्थानियलाई बुटवल भित्रै स्थापित गरेर मात्र सो क्षेत्रमा कोरिडोरको कार्य अघि बढाउने उनको भनाई छ ।
‘कोरिडोर भित्र पर्ने स्थानियहरुलाई बुटवल भित्रको कुनै स्थानमा स्थापित गर्छौ । यो योजनाबाट कोही पनि विस्थापित हुनु पर्दैन । हामीले सुरु देखि यहाँका नागरिकलाई अनेत्र स्थापित गरेरै योजना अघि बढाउने भनेका छौ । त्यो गर्छौ पनि ।’ उनले भने ।
त्यस्तै उनले सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन एमालेको पहिलो कार्य रहेको बताए । बुटवल–११ मा आयोजित तिलोत्तमा टोल भेला कार्यक्रममा बोल्दै उनले आफुहरु निर्वाचित भएपछिको पहिलो कार्य स्वरुप सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने बताए ।
एमाले नेतृत्वको सरकार रहँदा भुमिहिनहरुलाई लालपुर्जा वितरणको कार्य भुमि आयोग गठन गरेर सुरु गर्दै गर्दा पार्टी सरकारबाट बाहिरिनु परेको भन्दै उनले अब हातहातमा लालपुर्जाको वितरण अब एमालेले आगामी निर्वाचन पछि गर्ने बताए । अहिले सरकार भुमिहिनको समस्या प्रति गम्भिर नभएको बताउँदै नेता गिरीले एमाले सरकार रहँदा वा नरहँदा सधै भुमिहिन, सुकुमबासी, अव्यवस्थित बसोबासीको पक्षमा रहेको बताए ।
‘हामी पहलमा बुद्धनगरलाई बुटवल जोड्ने पुल बनायौ । तिनाउ पारीलाई साच्चै नमुना बनाउन कोरिडोरको योजना अघि बढेको छ । बेलबास–बेथरी सडक निर्माणधिन अवस्थामा छ । यी योजना सम्पन्न भएपछि बुद्धनगर, तिलोत्तमा मात्र होईन, वडा नंं ११ को तिनाउ वारी साच्चै समृद्ध बन्नेछ ।’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित