थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

राजु गुरुङको आक्रोश- सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक दलको कार्यालय बने (भिडियो)

रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक पार्टीको कार्यालयजस्तो भएर आफ्नो विरुद्धमा फैसला आएको आरोप लगाएका छन् ।

सर्वोच्चको फैसलामाथि प्रश्न उठाउँदै गुरुङले निर्वाचन आयोग र सर्वोच्च अदालत एउटा पार्टीको कार्यालय जस्तो भएर आफू विरुद्ध फैसला गरेको आरोप लगाएका हुन् ।

गुरुङले रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी दिए पनि बैङ्किङ कालोसूचीमा रहेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारे गरेको थियो ।

आयोगको निर्णय विरुद्ध सर्वोच्च पुगेका गुरुङको उम्मेदवारी खारेज हुने निर्णयलाई सर्वोच्चले सदर गरेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टी र सत्तारुढ गठबन्धन दलद्वारा शनिवार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गुरुङ अदालतको फैसलामाथि खनिएका हुन् ।

रुपन्देही २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका विष्णु पौडेल एकल रूपमा अघि बढ्नका लागि आफू विरुद्ध अप्रत्याशित रूपमा उजुरी परेको उनले आरोप लगाए ।

आफू जस्तै मुलुकभर १५२ ना उम्मेदवारको कम्पनी कालोसूचीमा भए पनि उनीहरू उम्मेदवारी खारेज नभई आफ्नो मात्र खारेज भएको भन्दै गुरुङले आक्रोश पोखे ।

गुरुङको उम्मेदवारी खारेज भएपछि रुपन्देही २ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।

शनिवार गठबन्धन दल र जनमुक्तिको तर्फबाट सामूहिक पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित