रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

कांग्रेसको घोषणापत्र : साढे २ लाख रोजगारी सिर्जना गरिने [पूर्णपाठ]

काठमाडौं ।सत्तारुढ नेपाली कांग्रेसले पार्टी मुख्यालय सानेपामा आगामी ४ मंसिरको चुनाव लक्षित घोषणापत्र सार्वजनिक गरेको छ।

शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन्।

५२ पृष्ठ समेटिएको कांग्रेसको घोषणापत्रमा विभिन्न खण्ड समावेश गरेर समसामयिक राजनीति, निरन्तरतामा नवीनता, समुन्नत नेपालका एजेन्डा, संघीयता, आर्थिक व्यवस्थापनलगायत विषय समेटिएका छन्।

कार्यक्रममा कांग्रेसको घोषणापत्र लेखन समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महतलगायत उपस्थित थिए।

उक्त अवसरमा कांग्रेस घोषणापत्र लेखन कार्यदलका सदस्य डा. स्वर्णिम वाग्लेले घोषणापत्र सबै क्षेत्रलाई समेट्ने गरी यथार्थपरक रूपमा लेखिएको बताए। यो घोषणापत्र २००५ देखि र गत स्थानीय तह चुनावका मुद्दाको निरन्तरता रहेको उनको भनाइ छ।

घोषणापत्रमा युवा बेरोजगारी अन्त्यका आधार समेटिएको र कांग्रेसको सरकार बने वार्षिक साढे २ लाख रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याइने उनले जानकारी दिए।

डा. वाग्लेले भने, ‘घोषणापत्रमा अर्थतन्त्र बलियो बनाउने आधार समेटिएका छन्। अर्थतन्त्रलाई चलायमान बनाएर रोजगारी सिर्जना गर्नु र देशलाई समृद्ध बनाउनु नै घोषणापत्रमा जारी प्रतिबद्धताको मूल लक्ष्य रहेको छ।’

कांग्रेसको घोषणापत्रमा एमाले राज्य सञ्चालनमा असफल भएको, बहुमत हुँदाहुँदै पनि दुई–दुई पटक संसद् विघटन गराएको, जनताका समस्याप्रति चासो नदिएको, आफ्नै झगडाका कारण नेकपा विघटन भएको उल्लेख छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित