काठमाडौं । सञ्चालनको ५ महिना बितिसक्दा पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले चासो दिइरहेका छैनन् ।
वैदेशिक रोजगारीमा जाने नेपालीको सुविधाका लागि सरकारले श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र मेडिकलजस्ता सेवा तथा पूर्वाधार सुनिश्चित नगरेकाले यो अवस्था आएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण पन्छिरहेको छ ।
						
							
								   
	
                                        
उड्डयन मामिलाका विज्ञहरु भने भैरहवा विमानस्थल सञ्चालन खर्च समेत उठाउन नसक्ने अवस्थामा पुग्नुको मुख्य कारणमध्ये ‘हवाई रुट’ एक भएको बताउँछन् । भैरहवा विमानस्थल आउने विमानहरुले भारतबाट नेपाल प्रवेश गर्न सहज, सुलभ र सुविधाजनक रुट पाएका छैनन् ।
 
भैरहवा र पोखरा विमानस्थललाई लक्षित गरेर प्रस्ताव गरिएका भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर रुटबाट विमान नेपाल भित्रिन दिन भारत सरकार सहमत भएको छैन ।
 
त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र प्राधिकरणले खासै जोडबल पनि लगाएका छैनन् । मन्त्रालयका सहसचिव बुद्धिसागर न्यौपाने भने नयाँ एयर रुट र प्रस्थान बिन्दुबारे भारत सरकारसँग आवश्यक पहल र समन्वय भइरहेको बताउँछन् ।
 
                         
                           
                     
					
					
					
					
        
            
                
                    
                            
                        
                            
							
                            
                                
                                    तिनाउ न्युज
                                    
                                        तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !                                    
                                    लेखक बाट थप