थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

जनताको मनोभावनालाई बुझेर काम गर्नेछुः उम्मेदवार श्रेष्ठ

बुटवल । नेकपा एमालेका प्रदेशसभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवलको विकास र जनताको सेवा बाहेक आफूले केही नसकेको बताएका छन । रुपन्देही–२ (२) का उम्मेदवार श्रेष्ठले आफूले यस अघि गरेका कामलाई जनताले देखिरहेको बताउँदै बुटवलबासीले निस्पक्ष मूल्याङकन गर्ने दावी गरे ।
बुटवलमा सञ्चारकर्मीहरुसँगको भेटघाटनमा बोल्दै एमाले प्रदेश उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले बुटवलका समस्याप्रति आफू जानकार रहेको बताउँदै जनताको मनोभावनालाई छोएर बुटवललाई आर्थिक र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्न जुटने बताए ।
‘यहाँ विकासका ठूलो पूर्वाधारहरु बनिसकेका छन’ उम्मेदवार श्रेष्ठले भने, ‘नेपालकै पुरानो मध्येको व्यारिक केन्द्र बुटवलका समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्दै आर्थिक र सांस्कृति राजधानीको रुपमा विकास गर्ने मेरो योजना छ ।’ उम्मेदवार श्रेष्ठले बुटवलका अधुरा योजनालाई पूरा गर्ने दायित्व आफ्नो रहेको बताए ।
‘ठूला योजनालाई खवरदारी र प्रभावकारी अनुगमनको खाँचो छ’ श्रेष्ठले भने, ‘मेरो काम गर्ने सक्ने इच्छाशक्ति छ । त्यसको लागि मिडियाका साथीहरुको पनि साथ र पूर्ण सहयोगको अपेक्षा गरेको छ । बुटवललाई बनाउने दायित्व तपाई हामी सबैको हो ।’ केही ठूला योजनाहरु कानूनी बाध्यताले प्रभावकारी रुपमा अगाडि बढन सकेका छैनन । त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अझै काम गर्न बाँकी रहेको उनको भनाइ छ । श्रेष्ठले बुटवलमा अब मानवीय विकास गर्न पनि लाग्नुपर्ने बताए । बुटवलको मेयर हुँदा पनि आफू बुटवललाई विकासको गतिमा अगाडि बढाएको कुरा बुटवलबासीलाई अबगत रहेको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठ यस अघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि रुपन्देही २ (२) बाट भारी मतले विजयी भएका थिए । उनी प्रदेशसभा जनताका धेरै समस्या उठाउने नेतामा समेत पर्छन । शंकर पोखरेल नेतृत्वको सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर उनले निःशुल्क रगत, कोभिडकालमा अक्सिजन प्लान्ट स्थापना लगाएका क्षेत्रमा धेरै महत्वपूर्ण काम गरेको जस श्रेष्ठलाई जान्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित