लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

मंसिर २३ देखि भैरहवामा लुम्बिनी महोत्सव

भैरहवा । रुपन्देहीको भैरहवामा आगामी मंसिर २३ देखि ‘लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९’ आयोजना हुने भएको छ । आर्थिक क्षेत्रलाई चलायमान बनाउन, स्थानीय उत्पादन र कलासंस्कृतिको प्रवद्र्धन गर्न तथा उपभोक्तालाई स्वदेशमै खरिदारीका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको हो ।

सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा हुने महोत्सव मंसिर २३ देखि पुस ४ गतेसम्म संचालन हुने संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले जानकारी दिए । संघले उक्त महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्नका निम्ति तयारी थालिसकेको छ । महोत्सव सम्पादन समितिको बैठकले महोत्सवलाई सफल बनाउन सबै क्षेत्रसँग सहकार्य गर्ने गरी काम अगाडि बढाएको संघका महासचिव विजय पाण्डेले बताए ।

बैठकले भैरहवाको अंचल्पुरस्थित उद्यमी एवं संघका सल्लहाकार सीताराम उप्रेतीको निजी जमिनलाई महोत्सव स्थलका रुपमा उपयोग गर्ने निर्णय गरेको छ । उक्त स्थानमा यस अघि पनि मेलामहोत्सव सम्पन्न भएका छन् । भैरहवामा मेलामहोत्सवका निम्ति स्थलको अभाव छ । यसमा राज्यको ध्यान पुग्न नसकेकाले मेलामहोत्सवको आयोजनामा धेरै कठिनाई भएको संघका अध्यक्ष न्यौपानेले जनाए ।

सम्पादन समितिको बैठकले पारिवारिक प्रवेश टिकटको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । पारिवारिक प्रवेश टिकट सामान्य प्रवेश टिकट भन्दा कम मूल्यको हुनेछ । सामान्य टिकट मूल्य रु.५० कायम गरेको संघले जनाएको छ । प्रचारप्रसार समितिका संयोजक कृष्णप्रसाद घिमिरेले तिहार लगत्तै प्रचारप्रसारलाई तिब्र बनाउने जनाए ।

मेला सम्पादन गर्न ३२ वटा बिभिन्न समितिहरुलाई सक्रिय बनाउने संघले जनाएको छ । साथै संघका सम्पूर्ण शुभेच्छुक, सहयोगी तथा सदस्यहरुलाई महोत्सव सफल बनाउनका निम्ति सुझाव दिन र क्रियाशील भएर लाग्न संघले आग्रह गरेको छ । यसपटक हुने महोत्सव संघले ८औं पटक आयोजना गर्न लागेको महोत्सव हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित