लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सन्तबहादुरले ब्युँताए नेकपा मशाल, ३५ सदस्यीय केन्द्रीय समिति घोषणा

राष्ट्रिय जनमोर्चाको भूमिगत मोर्चा मानिने नेपाल कम्युनिष्ट पार्टी मसालबाट अलग भएको समूहले नेकपा मशाललाई ब्युंताएको छ । मसालको असन्तुष्ट समूहको लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशालका रुपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको विहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको केन्द्रीय समिति निर्वाचित गरेको छ ।

जसमा २५ पूर्ण सदस्य र १० वैकल्पिक गरी ३५ सदस्य रहेको सो पार्टीले जनाएको छ ।
महासचिव नेपालीले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल दक्षिणपन्थी संशोधनवादी भएकाले पार्टीबाट विद्रोह गरि मशाललाई व्यूँताउनुपरेको बताए । मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्काशन गरिएको उनले दाबी गरे ।

राष्ट्रिय जनमोर्चा हाल सत्ता गठबन्धनमा रहेपनि विद्रोही संगठन गठबन्धनमा रहेको र आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको जनाएको छ । नेपालीका अनुसार मशालको पार्टीको मूल संरचना भूमिगत रहने तर जिल्लास्तरका नेता खुला रहने छन् ।
पार्टी पोलिटब्युरो सदस्यहरु कृष्णराज पौडेलले बागलुङ, अर्घाखांची, प्यूठानसहित ४० भन्दा बढी जिल्लामा पार्टीको संगठन बनेको दावी गरे । महाधिवेशनले पार्टीको सहयोगी संगठनको रुपमा रहेको जातीय समता समाजलाई विघटन गरेको छ ।

स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरुसमेत राष्ट्रिय जनमोर्चाका ५० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको महासचिव नेपालीको दाबी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित