बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

बुटवलमा ओशो मेडिटेशन कार्याशाला हुँदै

बुटवल । व्यस्त दैनिकी हुनेहरुका लागि बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको छ ।

आशो बुटवलको आयोजनामा १९ गते शनिबार बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको हो । व्यस्त दैनिकीका कारण हुने व्यक्तिको तनावलाई व्यवस्थापन गर्ने उद्देश्यले मेडिटेशन कार्यशालाको आयोजना गरिएको ओशो बुटवलका बलराम पोखरेलले बताए ।

उक्त कार्यशालामा स्वामी आनन्दले प्रशिक्षण दिनेछन् । १ हजार जना सहभागिता हुने उक्त कार्याशालामा सहभागिता जनाउन ३ सय शुल्क लाग्ने आयोगकको भनाई छ ।

कार्यशालामा बैंकिङ क्षेत्रका व्यक्तिहरु, संघसंस्थाहरुका प्रतिनिधी, व्यस्त दैनिकीहुनेहरुको सहभागिता हुनेछ ।

तनाव व्यवस्थापन गर्न नसक्दा पछिल्लो समय धेरैजना डिप्रेशनको सिकार समेत बनिरहेको भन्दै तनाव व्यवस्थापन र शरिरलाई फुर्ति राख्न पनि ओशो मेडिटेशन आवश्यक रहेको पोखरेलले बताए ।

नेपालमा करिव डेढ लाख ओशो सन्यासी रहेका छन् । बुटवलमा स्थापना भएको ओशो संस्थाले प्रत्येक दिन विहान ओशो मेडिटेशन गर्ने गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित