थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

चुनावपछि बन्ने एमाले सरकारले सुकुम्बासीलाई लालपुर्जा बाँड्छः पौडेल

बुटवल । एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताएका छन् ।

एमाले नेतृत्वको अघिल्लो सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्‍याए पनि अदालतले रोकेको भन्दै निर्वाचनपछि उच्च प्राथमिकताका साथ काम गर्ने उनले बताए ।

एमाले बुटवल-६ को शाखा कमिटी भेलालाई बिहीवार सम्बोधन गर्दै पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने दाबी गरे ।‘लालपूर्जा सर्वाधिक चासोको विषय हो,’ उनले भने, ‘हाम्रो सरकारको पालामा उच्च प्राथमिकताका साथमा जग्गाधनी प्रमाणपत्र दिने गरी आयोगले केन्द्र र जिल्लामा काम गरिरहेका थिए ।

सुकुम्बासीका विरोधीहरूले अदालतमा गएर यो काम रोकी पाउँ भनेर मुद्दा हाले । अदालतले तत्काल केही नगर्नु नगराउनु भन्यो । त्यसपछि अदालतले विद्यमान कानूनको आधारमा लालपूर्जा बाँड्न पाइँदैन, नयाँ कानून बनाएर मात्र काम सुरू गर्न भनेर फैसला गर्दा यो रोकिएका हो ।’

रुपन्देही २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यहीअनुसार काम अगाडि बढाउनेसमेत बताए ।

भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर रुपन्देहीलाई अब्बल जिल्ला बनाउने पौडेलको भनाइ छ । रुपन्देही विकासका दृष्टिले रोलमोडल जिल्ला भएको विकास सिक्न यहाँ आउने वातावरण बन्दै गएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित