थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

मतदाताको घरदैलोमा प्रतिवद्धता लिएर पुग्दै घिमिरे

कञ्चन । रुपन्देही क्षेत्र नं ५ मा नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बासुदेव घिमिरेले आफ्नो प्रतिवद्धतासहित विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट थालेका छन् ।
यसअघि तिलोत्तमा नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाएर चर्चामा आएका पूर्व नगर प्रमुख घिमिरेले मंगलबार कञ्चन,गैडहवा र लुम्बिनी साँस्कृतिक नगरपालिकाका मतदाताहरुसँग भेटघाट गरेका हुन् ।
उनीसँगै मतदाता भेटघाटमा प्रदेश सभा सदस्यका उम्मेदवार भुमिश्वर ढकाल, रामचन्द्र यादवलगायत पार्टीका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो । मतदातासँगको भेटघाटका उम्मेदवार घिमिरेले विश्व समुदायमा नेपाललाई चिनाउने लुम्बिनीसमेत रहेको रुपन्देही क्षेत्र नं। ५ को समग्र विकासका लागि आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताउँदै निर्वाचनमा जिताउन मतदातालाई आग्रह गरेका छन्।

घिमिरेले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा बढी जोड दिने र नेपाल र भारतबीच रहेको सीमा र भन्सारको समस्या समाधानमा महत्वपूर्ण भूमिका सहित सडक पूर्वाधारका आयोजनाहरुलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
एमाले नेता घिमिरेले नेकपा एमालेले अघि सारेको योजनाबाट क्षेत्र नं ५ मा विकासको लहर ल्याउने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित