यस वर्षको मनसुनमा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी? आज श्रमिक दिवस मकै पौल्ने, सालको पात विक्री गर्ने तथा ई-रिक्सा चलाउने श्रमिकलाई बुटवलमा सम्मान समाजसेवी तिलप्रसाद भट्टराईको सहयोगमा अक्षय तृतीया विशेष कार्यक्रम लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्ने पूर्वानुमान यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि दाउन्नेमा सडक विस्तारका लागि वैशाख ३१ गतेसम्म राति सवारी आवागमन रोकिने लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित                
समाचार :

एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै

काठमाडौं । प्रतिपक्षी गठबन्धनको नेतृत्वकर्ता नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि चुनावी घोषणापत्र आज (मंगलबार) सार्वजनिक गर्ने भएको छ।

सत्ता गठबन्धनका प्रमुख दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेपछि एमालेले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले आगामी ५ वर्षमा गर्न सकिने कामका योजना समेटेर मंगलबार घोषणापत्र जारी गर्न लागिएको जानकारी दिएका छन्।

‘हामी जे गर्न सक्छौँ, त्यो भन्न सक्छौँ। हामी जे भन्न सक्छौँ, त्यो गर्न सक्छौँ। हामी आगामी पाँच बर्षमा के–के गर्न सक्छौँ? दीर्घकालीन रुपमा देशलाई कसरी अगाडि बढाउन सक्छौँ? नेकपा (एमाले)ले आज घोषणापत्रमार्फत् समृद्धिको मार्गचित्र सार्वजनिक गर्दैछ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित