बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन केशव थापालाई

बुटवल । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।

गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए ।

तर चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन ।
थापा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत हुन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका बिष्णु पौडेललाई जसरी पनि हराउने अभियानमा लागेको सत्ता गठबन्धनले बिकल्पको रुपमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आफुलाई सघाए बापत जनमुक्ती पार्टीले लुम्विनी प्रदेशसभामा उम्मेदवार बनेका उक्त निर्वाचन क्षेत्रका क र खका दुवै उम्मेदवारहरुको उम्मेदवारी निस्कृय बनाउने र जिल्लाका अन्य प्रतिनिधी सभाका उम्मेदवारहरुलाई जनमुक्ती पार्टीले सघाउने सहमती भएको उम्मेदवार थापाले बताए।

२०४४ सालमा प्रगतिशिल बिद्यार्थी संगठनको ईकाई कमिटी हुदै माक्सवादी राजिनीको यात्रा सुरु गरेका केशव बहादुर थापा २०५१ सालबाट जनमुक्ती पार्टीमा प्रवेश गरेका थिए।

२०५३ सालमा शिक्षक पेशाबाट राजिनामा दिएर पुर्णकालिन रुपमा राजनितिमा लागेका बुटवल ८ का स्थायी बासिन्दा थापा जनमुक्ती पार्टीको चौथो र पांचौ महाधिवेशनबाट २ कार्यकाल महासचिव भएका थिए भने २०७८ साल भदौमा भएको छैठौ महाधिवेशन यता उत्तः पार्टीको कार्यकारी अध्यक्ष छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित