कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

गार्गी एकेडेमीमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण (तस्वीरहरु)

बुटवल। बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शनिबार गार्गी वृहत सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्ष तथा बुटवल उपमहानगरपालिका माध्यामिक शिक्षा शाखा प्रमुख टीकाराम पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै पन्थीले रूपन्देहीका संस्थागत विद्यालयले शैक्षिक विकासमा ठूलो योगदान पु¥याएको बताए । उनले संस्थागत विद्यालयहरूको प्रतिष्पर्धाले गुणस्तरीय शिक्षा अब्बल हुँदै गएको बताए ।
विद्यालयका प्राचार्य भुवन अधिकारीले गुणस्तरीय शिक्षाका कारण संस्थागत विद्यालयमा अभिभावकहरूको रूचि बढदै गएको बताए । संस्थागत विद्यालय नाफामूलक नभई सेवामूलक संस्थाको रूपमा विकास भएको प्राचार्य अधिकारीको भनाइ छ ।
सो अवसरमा गत वर्षको शैक्षिकतर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान, शिक्षक सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका सञ्चालक जीवन अधिकारी, सल्लाहकार राजेन्द्र ढकाल, भरत पाठक, समाजसेवी मनोहर पाठक, भुवनसिंह विश्वकर्मा लगायतले बोलेका थिए । कार्यक्रममा परम्परा र संस्कृति झल्किने, एकल नृत्य, शिक्षिकाहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो । एकेडेमी स्थापनाको छोटो समयमा अभिभावकको रोजाइमा परेको छ । विद्यालयका झण्डै २ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । प्राचार्य भुवन अधिकारीको स्वागत तथा शिक्षक नवराज न्यौपानेको सञ्चालनका कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित