बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

लुम्बिनी प्रदेशको सभामुखमा घर्ती र उपसभामुखमा खांणको मनोनयन दर्ता

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख पदमा सत्तागठबन्धनले उम्मेदवारी दर्ता गरेको छ । संसद सचिबालयले जारी गरेको सूचना अनुसार आज साँझ ५ बजे सम्मको लागि मनोनय दर्ताका लागि समय दिएको छ । आज दिउँसो सत्तागठबन्धनले भागबन्डा अनुसार सभामुखमा माओवाद केन्द्रका तुलराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खांणले मनोनयन दर्ता गरेका हुन ।
विपक्षी दलबाट भने अझै मनोनयन दर्ता भएको छैन् ।
सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिस्वर ढकाल र समर्थकमा राप्रपाका आसिस चौधरी रहेका छन भने उप–सभामुखमा खाँणको प्रस्तावकमा माओवादीका ईन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन । मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा पहिला सभामुखको उम्मेदवारी प्रस्ताव भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय भएको छ ।
लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन । प्रदेशसभामा सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन । कांग्रेसका २७ सदस्य छन । कांग्रेसले सरकारलाई समर्थन गरेको छैन् । १–१ प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले भने सरकारलाई समर्थन गरेका छैनन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित