लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेता गिरीलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरे । गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । गिरिलाई ७ दल र २ स्वतन्त्र सहित ५८ सांसदको समर्थन छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका गिरीलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
गिरीले ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा) का ३, जनमत पार्टीका ३ लोसपा ३ र स्वतन्त्र २ गरि सहित ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिको लागि दावी पेश गरेका थिए । लुम्बिनीमा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छन । लुम्बिनीमा एमाले माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित