कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लुम्विनी प्रदेशमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित

लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी बन्ने सुनिश्चित भएको छ।

सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको पछि एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो।

सत्तारुढ दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेश १ बाहेकका बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो।
प्रदेश नं १ मा भने आजै एमालेका धनेन्द्र कार्कि मुख्यमन्त्री भई सकेका छन्।

दलहरु बिच भएको भागबण्डा अनुसार गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित