बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने                
समाचार :

लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भुसाल नियुक्त

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालय बोर्ड सदस्यमा कपिलवस्तुका नारायण भुसाल नियुक्त भएका छन् ।
मुख्यमन्त्री कूलप्रसाद केसीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाणगंगा नगरपालिका वडा नम्बर ८ का भुसाललाई सदस्यमा नियुक्त गरेका हुन् ।
विश्वविद्यालयको कूलपति मुख्यमन्त्री र उपकूलपति शिक्षामन्त्री रहने व्यवस्था रहेको छ । मंसिर २९ गते कूलपतिको निर्णयअनुसार भुसाललाई नियुक्त गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारका मुख्य ४ गौरवका आयोजनामा यो योजना प्रमुखताका साथ राखिएको छ । विश्वविद्यालय सञ्चालनका लागि साउन १६ गते उपकूलपतिमा रुपन्देहीका विनोद ढकाल तथा २० गते रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरी काम अगाडि बढाएको छ । बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित