निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

महिमा ज्योती मण्डलीद्वारा ख्रीष्टमस शुभकामना आदान–प्रदान

बुटवल,पुस ८ । महिमा ज्योती मण्डली बुटवल–११ देवीनगरको आयोजनामा ‘क्रिसमस डे’ को अवसरमा ख्रीष्टमस शुभकामना आदान–प्रदान सम्पन्न भएको छ । महिमा ज्योति मण्डलीका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
येशू ख्रिष्टको जन्मोत्सव एवं ईसाईहरुको महान पर्वको अवसरमा मण्डलीले कार्यक्रम गर्दै आएको छ । शुभकामना कार्यक्रममा बोल्दै अर्यालले कसैलाई पनि धर्मकै आधारमा काखा–पाखा गर्न नलागाइने बताए । उनले धार्मिक स्वतन्त्रता वा धर्म मान्न,त्याग गर्न पाउने मानव अधिकार तथा अभिव्यक्ती दिन पाउने अन्तर्राष्ट्रिय मानव अधिकारले अधिकार दिएको समेत बताइन । ज्योति मण्डलीका सल्लाहकार मनोहर पाठकले ख्रीष्टमस अवसरमा नेपाली दाजुभाई दिदिबहिनी तथा नेपालका सम्पूर्ण मण्डली परिवारमा शुख शान्ति एवम उत्तरउत्तर प्रगतिको शुभकामना दिए ।
कार्यक्रममा बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, आनन्दमान शाक्य लगायतले बोल्दै समाजमा धार्मिक स्वतन्त्रता कायम राख्न सवैको भुमिका महत्वपूर्ण हुने बताइन । मण्डलीका सचिव सन्तोष समिप चौधरीले मण्डलीले विभिन्न भौतिक निर्माण र आर्थिक सहयोग पनि गरेको जनकारी दिए ।
कार्यक्रमको सञ्चालन मिलन राईले गरेका थिए । सो कार्यक्रममा विभिन्न चर्चका पास्टर, अगुवा, जवान, समाजसेवी बुद्धिजिवी वर्ग ,राजनितिक पाटीका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । क्रिसमन डे आइतबार रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित