कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

बिहानी बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधराणसभा सम्पन्न

बुटवल । बिहानी बचत तथा ऋण सहकारी संस्थाले सोमबार बुटवलमा १४ औ वार्षिक साधारण सभा सम्पन्न भरेको छ । साधारणसभाको उद्घाटन गर्दै संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार जनक थापाले बचत गर्ने बानी बसाल्न सदस्यहरुलाई आग्रह गरे ।

साना–साना लगानीले जीवनमा आइपर्ने ठूला–ठूला अप्ठ्याराहरुमा सहयोग गर्ने बताउँदै उनले बचत गर्ने बानी बसाल्न आग्रह गरेका हुन् । बिरगाथा बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका थापाले उत्पादनसँग जोडिन सदस्यहरुलाई आग्रह गरे । बिहानीका अध्यक्ष लुम बहादुर थापा मगरले संस्थाले सदस्यहरुको आर्थिक समृद्धिका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु समेत सञ्चालन गरिएको जानकारी गराए । सहकारीका सचांलक गोपालबहादुर थापा, पदम बहादुर टलांमी मगर लगायतले बोल्दै शुभकामना व्यक्त गरे ।

साधारणसभामा व्यवस्थापक इन्द्र बहादुर थापा आर्थिक प्रतिवदेनमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए । आर्थिक प्रतिवेदन नुर बहादुर सारु थापाले प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समिति र ऋण समितीका ३÷३ जनालाई नगद राशीसहित सम्मान गरिएको थियो । कुमारी बलालको स्वागत भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार पिताम्बर रानाले शुभकामना व्यक्त गरे । सहकारीमा २४१ जना महिला तथा १२२ जना पुरुष गरी ३६३ जना सदस्य रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित