आठ वर्षदेखि अलपत्र चौराहा–गोलपार्क सडक : फेरि थपियो म्याद  आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै बुटवल हस्पिटलको सेवा र पूर्वाधार उत्कृष्ट : अफिन अध्यक्ष खड्का रूपन्देहीका विद्यालयमा सर्पदंश रोकथाम र सर्प संरक्षणबारे सचेतना अभियान बुटवल अटो इन्जिनियरिङ एशोसियसनको स्थापना दिवस : आज ब्याडमिन्टन प्रतियोगिता सम्पन्न  नेपाली बजारमा नथिङको नयाँ स्मार्टफोन ‘फोन (४ए)’ सार्वजनिक  सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक
समाचार :

आठ वर्षदेखि अलपत्र चौराहा–गोलपार्क सडक : फेरि थपियो म्याद 

बुटवलको सबैभन्दा व्यस्त सडकखण्डमध्ये पर्ने चौराहा–गोलपार्क सडक विस्तार आयोजना फेरि एकपटक समयमै सम्पन्न हुन नसक्ने सूचीमा परेको छ। वर्षौंदेखि धुलो, हिलो, ट्राफिक जाम र जोखिमपूर्ण यात्रा झेलिरहेका सर्वसाधारणले अझै केही महिना कुर्नुपर्ने भएको छ। निर्माण व्यवसायीले तोकिएको समयभित्र काम नसकाएपछि सडक डिभिजन कार्यालयले आयोजनाको म्याद तेस्रो पटक थप गर्दै २०८३ असोज २० गतेसम्म पुर्‍याएको छ।

यो सडक विस्तारको यात्रा भने आजको होइन। करिब साढे तीन किलोमिटर सडक विस्तारका लागि २०७३ चैत १७ गते कञ्चनजंघा–बिरुवा जेभीसँग ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपैयाँमा सम्झौता भएको थियो। सुरुको योजना अनुसार २०७६ भित्रै सडक तयार हुनुपर्ने थियो। तर, लगातारको ढिलाइ र न्यून प्रगतिका कारण आयोजना आठ वर्षसम्म अल्झियो। अन्ततः सडक डिभिजन कार्यालयले २०८१ वैशाखमा पुरानो ठेक्का नै रद्द गर्‍यो।

त्यसपछि नयाँ आशासहित भैरहवाको बावुल दर्शन–मालिका जेभीसँग २०८१ असोज १८ गते ३३ करोड रुपैयाँ (भ्याटसहित) मा नयाँ सम्झौता गरियो। एक वर्षभित्र काम सक्ने लक्ष्य राखिए पनि निर्धारित समयभित्र निर्माण सम्पन्न हुन सकेन। त्यसयता एकपछि अर्को गर्दै म्याद थपिँदै आएको छ। सुरुमा चैत १२ सम्म, त्यसपछि असार मसान्तसम्म र अहिले फेरि असोज २० गतेसम्म समय दिइएको हो।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर नवराज बास्तोलाका अनुसार निर्माण कम्पनीले आगामी माघसम्मको समय मागेको थियो। तर कार्यालयले तीन महिना मात्रै थप गरेर अन्तिम अवसर दिएको छ। उनका अनुसार अब पनि काम पूरा नभए कडा निर्णय लिइनेछ।

हाल आयोजनाको करिब ६० प्रतिशत मात्रै काम सकिएको छ। निर्माण कम्पनीले अहिलेसम्म १८ करोड ७७ लाख रुपैयाँ भुक्तानी पाइसकेको छ। प्रगतितर्फ हेर्दा सर्भिस लेनको २.२ किलोमिटर र मुख्य सडकको ६ किलोमिटरमध्ये ३.९ किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ। २४० वटा स्ट्रीट लाइटमध्ये १८८ वटाको फाउन्डेसन तयार गरिएको छ भने २.७ किलोमिटर फुटपाथ र दुवैतर्फ गरी १.४ किलोमिटर रेलिङ जडान भइसकेको कार्यालयले जनाएको छ।

सडक डिभिजनको मूल्यांकनमा अब निर्माण कम्पनीले पर्याप्त जनशक्ति र उपकरण परिचालन गरे तोकिएको समयभित्र आयोजना सम्पन्न गर्न सक्ने अवस्था छ। निर्माण कम्पनीका सञ्चालक तथा रुपन्देही–५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानले पनि कार्यालयसमक्ष यसपटक निर्धारित समयमै सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित