रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रुपन्देहीको अध्यक्षमा श्रीधर केसी शृजनानगरको भाडाको कोठामा सञ्चालन भइरहेको नक्कली नोट छाप्ने ‘कम्पनी’मा प्रहरीको छापा रोटरी क्लब अफ सेन्ट्रल बुटवलको ११औँ पदस्थापन समारोह सम्पन्न समृद्धि एकेडेमीद्वारा १६० प्रशिक्षार्थी दीक्षित, अग्रजदेखि उत्कृष्ट कर्मचारीसम्म सम्मानित देवस्थल मन्दिरमा २१ लाखको लागतमा होवनशाला स्थापना बुटवलमा छाडा साँढेको आक्रमणबाट एक युवा गम्भीर घाइते इस्माली समाज, यूएईको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षतामा मानवहादुर कुँवर सर्वसम्मत चयन
समाचार :

शृजनानगरको भाडाको कोठामा सञ्चालन भइरहेको नक्कली नोट छाप्ने ‘कम्पनी’मा प्रहरीको छापा

बुटवल । बुटवलमा नक्कली नेपाली नोट उत्पादन तथा कारोबारमा संलग्न एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले सञ्चालन गरेको विशेष अपरेशनबाट ६ जनालाई पक्राउ गर्दै ठूलो परिमाणमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने उपकरण बरामद गरेको हो।

प्रहरीका अनुसार घटनाको सुरुवात असार २६ गते गंगा कुमारी पूर्वछानेले एक परिचित महिलामार्फत पीडितलाई क्यूआर ९त्तच्० माध्यमबाट दुई हजार १०० रुपैयाँ पठाउन लगाएर साटोमा एक हजार दरका दुई थान र एक सय रुपैयाँको एक थान नोट दिएको घटनाबाट भएको थियो। पछि तीमध्ये एक हजार दरका दुवै नोटको सिरियल नम्बर एउटै रहेको र नक्कली भएको खुलेपछि पीडितले असार २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए।

उक्त निवेदनपछि प्रहरीले ‘अपरेशन चार्ली’ सञ्चालन गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा बुटवल–११ शृजनानगर निवासी ३६ वर्षीया गंगा कुमारी पूर्वछानेलाई पक्राउ गरिएको थियो। उनको घरमा खानतलासी गर्दा एक हजार रुपैयाँ दरका १०३ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ।

अनुसन्धान विस्तार गर्दै प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१ निवासी कृष्ण भन्ने किरण कृष्ण तिवारीलाई पनि पक्राउ गरेको छ। उनको साथबाट थप ४७८ थान एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ निवासी रामचन्द्र खत्रीको समेत संलग्नता पुष्टि भएपछि उनलाई पनि पक्राउ गरिएको थियो। उनीमाथिको अनुसन्धानका क्रममा बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित वालकुमारी घर्ती मगरको घरमा दुईवटा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने केन्द्र सञ्चालन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

त्यसपछि असार २९ गते उक्त स्थानमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा नक्कली नोट, नोट छाप्ने मेसिन तथा अन्य उपकरण बरामद गरेको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ निवासी संजय थारु, दोलखाको सैलुङ गाउँपालिका–४ निवासी ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुढी भक्तिनगर थाना निवासी ४९ वर्षीय बासुमित्र आनन्दलाई पनि पक्राउ गरेको छ।

छापाका क्रममा एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नेपाली नोट, फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, नोट काट्ने मेसिन, प्रिन्टर, नोट छाप्न प्रयोग हुने विशेष कागज, लेमिनेसन मेसिन, विभिन्न रसायन, प्लास्टिक पेपर तथा ६ थान मोबाइल फोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानाकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीविरुद्ध मुद्रा सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित