गोकर्ण बिष्टले चुनावी भोट मात्र मागेका छैनन् । गाउँका अधुरा र अपुरा समस्या पनि सोधिरहेका छन् । घरदैलोमा मदाने गाउँपालिका-१ अग्लुङ्ग ओख्ले पुगेका मतदाताले नजोडिएको बाटो देखाउँदै भने -सडक र गाउँ जोड्न चाहान्छौ । अग्लुङको ओख्ले र गाउँ जोड्न भिरको काम मात्र ठुलो बजेटका कारण रोकिएको छ।
ओख्नेका जनता वडा कार्यालयसग सिधा सडक मार्फत जोडिन चाहान्छन । बाटोमा बिष्टलाई कुरेर बसेका स्थानीयले आफ्ना समस्या खुलेरै राखे । उनले अग्लुङ्गको प्राथमिकताको सडक स्तरोन्नति भएकाले अब सहायक सडकमा आफ्नो ध्यान जरुर पुग्ने बिश्वास व्यक्त गरे ।
उनले निर्वाचित भएको कार्यकाल बाँकी रहदै स्वार्थ समुहले देशमा आगो लगाएर पुनः निर्वाचन हुने अवस्था सृजना गरेकाले थुप्रै काम पूरा गर्न नसकिएको बताए । बिष्टले बिगतमा मुख्य सडकनै अस्तब्यस्त, बिधुतिकरणको काम नभएको अवस्थामा धेरै काम भएपनी जनताका सबै माग पूरा गर्न देशको परिस्थिति र स्रोतसाधनको अभावले समस्या भएको बताए । उनले जनतामा आधारभूत विकासका आवश्यकता र जनजिबिकाका बिषयमा आफू सधै गम्भीर भएको बताए।
गुल्मी क्षेत्र नं २ का उमेद्वार तथा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष गोकर्णबिष्ट अहिले गाउँ–गाउँमा मतदाता भेटघाटमा व्यस्त छन् ।
उनी मुसिकोट र मालिकाको घरदैलो सकेर मदाने छिरेका छन् । उनी पार्टी कमिटीको कार्यतालिका अनुसार निर्धारित घरदैलोमा युवा, बृद्ध, महिला र जेष्ठ नागरिकहरुको उर्जा तथा खुसीमा मात्रै रमाएका छैनन् । बिष्टले पछिल्लो परिस्थीति र स्वयमकाप्रति उठाइएका प्रश्नहरुसँग साक्षात्कार पनि गरिरहेका छन् ।
उनले नयाँ नभएर नतिजामा मतदाताहरु कन्भिन्स गरिरहेका छन् । निरन्तर एउटै व्यक्ति मात्रै उमेद्वार बन्ने गरेको भन्ने प्रतिपक्षहरुको फण्डालाई मतदाताकै माया र आर्शिवादको रुपमा अर्थाउँदै आगामी योजनाहरु प्रस्तुत गरिरहेका छन् ।
अहिले पनि मतदाताले स्तरीय सडक र खानेपानीको मागनै सवैभन्दा बढि गर्ने गरेका छन् । उनले बिगतमा मतदाता भेट्दा टुकी बालेर वैठक गर्नुपर्ने अवस्थाको स्मरण गर्दै बिद्युत, सडक, पुल, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा भएको परिवर्तनको पहिलो पहलकर्ता आफुलाई आवश्यकताको माग र महसुस गराउने मतदाता भएको बताउनुभयो । उनले शिक्षा, स्वास्थ्यको गुणस्तरियतासंगै कृषि र पशुपालन मार्फत आर्थिक समृद्धिको आधार सृजना गर्ने कुरानै अवको प्रमुख बिषय भएको बताए ।
उहाँ २०५६ सालको निर्वाचनदेखि अहिलेसम्म चुनावी मैदानमा हुनुहुन्छ । बिष्ट २०६४ बाहेका सबै निर्वाचनमा बिजयी हुँदै आउनु भएको छ । बिष्टले सांसद र मन्त्री हुँदा राष्ट्रिय रुपमा श्रम, रोजगार तथा उर्जासहित निर्वाचन क्षेत्रमा गरेका काम उल्लेख्नीय छन् । विगतका मतदाताका मागका आधारमा सडक, खानेपानी, बिद्युतीकरण, खरका छाना बिस्थापन, बिद्यालय तथा स्वास्थ्यचौकी र अस्पताल भवन निर्माण ठूलो फड्को मारेकाले बाँकी अधुरा योजना र आगामी आर्थिक सामाजिक विकासको लागि बिष्टले मत मागिरहनु भएको छ ।










