रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

विद्यार्थीलाई अनुशासित र संस्कारी बनाउनुपर्नेमा सरोकारवालाको जोड

बुटवल । विद्यार्थीहरुलाई पढाईसंगै अनुशासित र संस्कारयुक्त बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

मणिमुकुन्द कलेज बुटवलले कक्षा ११ मा भर्ना भएका विद्यार्थी र अभिभावकका लागि गरेको अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले अनुशासन र संस्कारविनाको शिक्षाले व्यक्तिको जीवन पूर्णरुपमा सार्थक हुन नसक्ने बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरकी उप प्रमुख साबित्रदेवि अर्यालले अभिभावकले घरमा र शैक्षिक संस्थाले विद्यालय र कलेजमा विद्यार्थीलाई आफनो संस्कार, संस्कृति सिकाएर नैतिकवान बनाउनुपर्ने आग्रह गरिन् । उनले आफ्ना बच्चालाई अत्यधिक मोबाइल प्रयोगको कुलतबाट जोगाउन पनि अभिभावकसंग आग्रह गरिन् ।

उनले १२ कक्षा उत्तिर्ण गर्ने वित्तिकै विदेश जानु भन्दा आफ्नै देशमा उद्यम वा रोजगारको सम्भावना देख्न विद्यार्थीलाई आग्रह गरिन् ।
बुटवल शिक्षाको हब बन्दै गएको बताउंदै उपप्रमुख अर्यालले निजी विद्यालय चलाउन चुनौतीपूर्ण रहेको बताइन् । निजी शैक्षिक संस्था नभएको भए सरकारी विद्यालयले मात्रै सबै विद्यार्थी पढाउन सक्ने अवस्था नभएको प्रष्ट पार्दै उनले निजी स्कूल कलेजलाई सरकारले सकारात्मक दृष्टिले हेर्नुपर्ने बताइन् ।

संस्थाका प्राचार्य टूकबहादुर क्षेत्रीले सहभागीलाई स्वागत गर्दै २०५६ सालमा स्थापना भएर निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको बताए । पढाइ सँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि मणिमुकुन्द अब्बल रहेको उनले बताए ।

उकृष्ट नतिजाका लागि कलेजका प्राध्यापक, बिद्यार्थी र अभिभावक सबैको मिहिनेत र लगनशीलता हुनुपर्ने बताए । प्राचार्य क्षेत्रीले अभिभावकहरुले कलेज भर्ना गराएपछि सबै जिम्मेवारी कलेजको हो भन्ने नठानी छोरा छोरीहरूको दैनिक गतिविधि र व्यवहारको सुक्ष्म निगरानी गर्नुपर्ने सुझाब दिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवल वरिष्ठ अधिकृत बाबुराम भण्डारी,प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, हिसान रुपन्देही अध्यक्ष कृष्णबहादुर न्यौपाने, अभिभावक संघ केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, संस्थाका सञ्चालक उमापति न्यौपाने, संस्थाका व्यवस्थापन संकाय संयोजक पशुपति चौधरी,विद्यार्थीहरु एन्जल न्यौपाने लगायतले बोल्दै विद्यार्थीमैत्री पढाई, सुविधासम्पन्न भौतिक पुर्वाधार र प्रयोगशाला तथा अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट नतिजाका कारण मणिमुकुन्द लुम्बिनी प्रदेशकै अब्बल शैक्षिक संस्था बनेको बताए ।

कार्यक्रममा खेमराज रेग्मीले विद्यार्थी र अभिभावकलाई अभिमुखकिरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यत्क्रम संस्थाका अध्यक्ष गमप्रसाद रेश्मीमगरकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित