३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

डेरि ब्यवसायीको स्थापना दिवसमा रक्तदान

बुटवल । १४ औ स्थापना दिवसको अवसरमा रुपन्देही डेरि ब्यवसायी समितिले रक्तदान कार्यक्रम गरेको छ ।

बुटवल उद्योग वाणिज्य संघ डेरि बस्तुगत समितिको सहआयोजनामा सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रमको एक कार्यक्रमका बिच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले शुभारम्भ गर्दै सामाजिक कार्यमा बुटवलका ब्यवसायिक संस्थाहरुको योगदान रहेको बताए ।

कार्यक्रममा समितिका अध्यक्ष अमृतसिह भण्डारीले ब्यवसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वमा समेत ब्यवसायीहरुको योगदान रहेको बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले ब्लड बैकमा नियमित कार्यक्रम भएपनि रगतको अभाव रहेको बताए । रक्तदानप्रति अझै पनि मानिसहरुमा गलत सोचका हाबि हुदा दाता कम भएकाले अधिकास समय रगतको अभाव देखिने गरेको उनले बताए । कार्यक्रम संयोजक विष्णु पाण्डेले ५० युनिट रगत संकलन भएको बताए ।

समितिमा हाल ४ सय सदस्यहरु दुग्ध ब्यवसायमा आवद्ध छन । कार्यक्रममा समितिका सल्लाहकार कृष्ण भट्टराई, महासचिव पदम पौडेलले रक्तदानको महत्व बुझाउने गरि कार्यक्रम गरिदै आएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित