दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

कामना सेवा बैंक द्धारा आयोजित रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन

बुटवल । कामना सेवा विकास बैंकले आफ्नो १६ ओैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान जिवन दान भन्ने मूलमर्म लाई आत्मसाथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुटवलमा रहेको नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही को सहकार्य तथा रक्तसञ्चार सेवा केन्द्र संगको सहजीकरणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बैंकका सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यता, नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देही का अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा भएको उक्त रक्तदान कार्यक्रममा ९० युनिट ब्लड संकलन भएको थियो ।


सो अवसरमा बोल्दै प्रमुख अतिथि तथा बैंकका सञ्चालक समिति सदस्य भिमप्रसाद तुलाचनले बैंकले सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिईएको बताए ।
बैंकले यस अघि पनि सहयोग वितरण, विद्यालयहरुमा छात्रबृत्ति वितरण, सरसफाई, बृक्षारोपण जस्ता सामाजिक कार्य गरेको बताउंदै सवैभन्दा ठुलो रक्तदान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही कि सदस्य भगवती अर्याल, बैंकका क्षेत्रिय प्रबन्धक मोहन दत्त खनाल लगाएतले बालेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित