दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

‘बहुला काजीको सपना’ नाट्क बुटवलमा कार्तिक २२ गते मञ्चन हुने

  • `
  • बुटवल  । साहित्यकार विजय मल्लद्धारा लिखित बहुला काजीको सपना नाट्कको रुपमा प्रस्तुती बुटवलमा प्रस्तुत हुने भएको छ ।

    बुटवलस्थित बागेश्वरी संगितालयमा यहीँ कार्तिक २२ गते थिएटर नाटकको रुपमा मञ्चन गर्न लागिएको हो । नाटकका निर्देशक राजकुमार पुडासैनीले समाज परिवर्तन गर्न भनेर हिडेका नेतृत्वलाई लक्षित गरी नाटक प्रदर्शन गर्न लागिएको बताए ।

    २००४ सालमा मल्लद्धारा लेखेको नाटकमा राणाकालीन नेपाली समाजको गरिबी असुरक्षा र समानताको कलाही लाग्दो अवस्थाको चित्रण गरिएको छ । ‘समाजको आर्थिक विभेदलाई नाटकले संवोधन गरेको छ’ निर्देशक पुडासैनीले भने, ‘राजनीतिक परिवर्तनका आन्दोलनजस्तै यो सशक्त नाट्क हो ।’ १ घण्टा १० मिनेटको नाटकमा १४ जना कलाकारको प्रस्तुति रहने छ ।

    नाटक हेर्न विद्यार्थीलाई १५०, सर्वसाधारणलाई ३०० र विशिष्ट व्यक्तिलाई ५०० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । बागेश्वरी संगितालयका सञ्चालक सुरेश सेन्चुरीलाई सुनको पिंजडापछि दोस्रो प्रयास स्वरुप बहुला काजीको सपना नाट्क प्रदर्शनमा जुटेको बताए ।

    ‘अहिले नेपालमा थिएटर नाटकले राम्रो स्थान पाइरहेको छ, लुम्बिनी प्रदेशमा नाटकको अभाव सबैलाई खडकिएरहेको कुरालाई ध्यानमा राख्दै बागेश्वरीले गत वर्षदेखि थिएटर सुरु गरिएको छ । अब यो अभियानलाई निरन्तरता दिँदै लैजाने सोचमा छौं ।’ सेन्चुरीले भने ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित