रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

गुरुयोजना क्षेत्रका विहारहरुसँग छलफल

लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रका विहार तथा मठ मन्दिरका प्रतिनिधिहरुसँग आगामि कार्ययोजना, धार्मिक क्यालेन्डर र अन्य विविध बिषयमा विहिबार छलफल गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बार्षिक नीति कार्यक्रम र योजनाका बारेमा सुझाव संकलन, बर्षभरिको धार्मिक क्यालेण्डर तयार पार्ने लगायतका बिषयमा छलफल गरिएको हो ।

छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले गुरुयोजना क्षत्रका विहारहरुसँग मिलेर कोषले पर्यटकीय गतिविधिलाई बढाउने योजना बनाएकाले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सदस्य सचिव सानुराजा शाक्यले विहारहरुले गर्ने कार्यक्रम र गतिविधिलाई समेत समेटेर बार्षिक धार्मिक क्यालेन्डर बनाउने योजनामा रहेको बताउँदै कार्यक्रम विवरण जानकारी गराउन आग्रह गरे । उक्त अवसरमा विहारका प्रतिनिधिहरुले विद्युतको समस्या जटिल रहेकाले त्यसलाई सुधार गर्न सुझाव दिएका थिए ।

विहारका प्रतिनिधिहरुको सुझावपछि कोषका योजना प्रमुख सरोज भट्टराईले केही भौतिक पूर्वाधार निर्माणले विहारहरुमा समस्या भएपनि अब छिट्टै समाधान हुने बताए । उनले विद्युतको समस्या समाधानका लागि प्राधिकरणसँग पहल भइरहेको बताए ।

छलफल कार्यक्रममा प्रमुख प्रशसकीय अधिकृत ज्ञानिन राई, प्रशासन प्रमुख चुरामणि भट्टराई र विहारका प्रतिनिधिहरुको उपस्थिती थियो । लुम्बिनीको गुरुयोजना क्षेत्रमा पूर्व र पश्चिममा विहारहरु छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित