दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

गुरुयोजना क्षेत्रका विहारहरुसँग छलफल

लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रका विहार तथा मठ मन्दिरका प्रतिनिधिहरुसँग आगामि कार्ययोजना, धार्मिक क्यालेन्डर र अन्य विविध बिषयमा विहिबार छलफल गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बार्षिक नीति कार्यक्रम र योजनाका बारेमा सुझाव संकलन, बर्षभरिको धार्मिक क्यालेण्डर तयार पार्ने लगायतका बिषयमा छलफल गरिएको हो ।

छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले गुरुयोजना क्षत्रका विहारहरुसँग मिलेर कोषले पर्यटकीय गतिविधिलाई बढाउने योजना बनाएकाले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सदस्य सचिव सानुराजा शाक्यले विहारहरुले गर्ने कार्यक्रम र गतिविधिलाई समेत समेटेर बार्षिक धार्मिक क्यालेन्डर बनाउने योजनामा रहेको बताउँदै कार्यक्रम विवरण जानकारी गराउन आग्रह गरे । उक्त अवसरमा विहारका प्रतिनिधिहरुले विद्युतको समस्या जटिल रहेकाले त्यसलाई सुधार गर्न सुझाव दिएका थिए ।

विहारका प्रतिनिधिहरुको सुझावपछि कोषका योजना प्रमुख सरोज भट्टराईले केही भौतिक पूर्वाधार निर्माणले विहारहरुमा समस्या भएपनि अब छिट्टै समाधान हुने बताए । उनले विद्युतको समस्या समाधानका लागि प्राधिकरणसँग पहल भइरहेको बताए ।

छलफल कार्यक्रममा प्रमुख प्रशसकीय अधिकृत ज्ञानिन राई, प्रशासन प्रमुख चुरामणि भट्टराई र विहारका प्रतिनिधिहरुको उपस्थिती थियो । लुम्बिनीको गुरुयोजना क्षेत्रमा पूर्व र पश्चिममा विहारहरु छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित