बुटवल । थोर्गा रुपन्देही सम्पर्क समाजले २०८३ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष षडानन्द पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकारहरु रामप्रसाद पोख्रेल र मिनप्रसाद पोख्रेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा केशवराज ज्ञवाली, पयेक समाजका अध्यक्ष लक्ष्मीप्रसाद ज्ञवाली, बसन्तपोखरी समाजका अध्यक्ष ईश्वरी ज्ञवाली तथा पामिर बोर्डिङ्ग स्कुलका प्रिन्सिपल गोपाल गौतमको लगाएले शुभकामना मन्तब्य दिएका थिए ।
शंकरनगरस्थित चाडिसन पार्टी प्यालेसमा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव लक्ष्मण गौतमले गरेका थिए। कार्यक्रममा नयाँ वर्ष २०८३ को अवसरमा आपसी सद्भाव, सहकार्य र शुभकामना आदान–प्रदान गरिएको थियो।










