टप हाइड्रो–मेकानिकल इन्जिनियर सुरज पाण्डे रुपन्देही–२ बाट निर्वाचनमा रात्रिकालिन सेभेन–ए साईड फुटवल गर्दै बुटवल पब्लिक स्कुल गोकर्णले देखेको सपना पूराः गुल्मी बिद्युतको राष्ट्रिय प्रसारणमा जोडियो ४ अर्ब ५० करोड लगानीमा बनेको एडभान्स इन्टरनेशनल हस्पिटल बैशाख १ गतेबाट सञ्चालनमा आउने  कर्मले चिनिएका ‘चुन्न’ अग्लुङ्ग पुगेका बिष्टलाई नजोडिएको बाटो देखाउदै भने मतदाता भन्छन् : ‘सडक र मन दुबै जोड्न चाहान्छौ’ चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड                
समाचार :

गोकर्णले देखेको सपना पूराः गुल्मी बिद्युतको राष्ट्रिय प्रसारणमा जोडियो

आयोजना पुरा हुन केही समय लागेपनि अन्तत : गुल्मी बिद्युतको राष्ट्रिय प्रसारणसंग जोडिएको छ । दैनिक बिद्युत अवरुद्ध भएर सास्ती खेपेका नागरिकलाई राहत मात्रै भएको छैन्, जिल्लामा आर्थिक समृद्धिको नयाँ संभावना खुलेको छ ।

प्रसारण लाइनको उनायचौर–पौदी–बुर्तिबाङ्गको परीक्षण सफल भएर मंलबारदेखि १३२ के.भी बिद्युत प्रबाह सुरु भएको छ । सोही अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजनाको अनुगमन तथा निरीक्षण गरेका छन्।

उनले बिद्युतको राष्ट्रिय प्रसारणसंग जोडिने कुरा जिल्लाको लागि ज्यादै महत्वपूर्ण काम भएकाले बिद्युतको अभावमा रोकिएका उद्योग कलकारखानामा लगानी गरेर पहाडको बसाईसराई रोक्नुनै आफुहरुको उदेश्य रहेको बताए । यसले अवसरका ढोकाहरु खोलेकाले सदुपयोग गरेर आर्थिक समृद्धिका काममा लाग्न उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरुलाई शाक्यले आग्रह गरे ।

प्राधिकरणको लगानीको उदेश्य देशको अर्थतन्त्रमा टेवा पुराउने भएकाले साना, मझौला र ठूला उद्योगलाई प्रयाप्त बिद्युत पुग्ने पहाडी जिल्लामा कृषिमा आधारित उद्योगको संभावना बढेको बताए । उनले राष्ट्रिय प्रसारण लाइनले जिल्लाहरुमा पटक–पटक बिद्युत अवरुद्ध हुने समस्याको अन्त्य गर्नुको साथै आर्थिक समृद्धिको आशा जगाएको बताए ।

दुई दिन रेसुङ्गा नगरपालिका–०७ उनायचौर सवस्टेशनदेखि बागलुङ बुर्तिबाङ्गसम्मको १३२ के.भी. राष्ट्रिय प्रसारण लाइनको परीक्षण गरेर सञ्चालन गरिएको छ । यो राष्ट्रिय प्रसारण लाइनको उनायचौर र मुसिकोट नगरपालिका–१ पौदी अमराईमा गरेर दुई वटा सवस्टेशन गुल्मीमा रहेका छन् ।

कपिलवस्तुको मोतिपुरदेखि–सन्धिखर्क–तम्घास–बुर्तिबाङ्ग सम्म करिव ८६ किलोमिटर दुरीमा पाँच सवस्टेशन र २४८ टावर निर्माण गरिएको कपिलवस्तुको मोतिपुरदेखि–सन्धिखर्क–तम्घास–बुर्तिबाङ्ग आयोजना प्रमुख इन्जिनीयर मनोज चौधरीले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म चार अर्ब सात करोड ६१ लख ६२ हजार ७३५ रुपियाँमा सवस्टेशन र प्रसारण लाइन बिस्तार भएको छ ।

आयोजनाको लगानी नेपाल सरकार, उर्जा वलस्रोत तथा सिंचाई मन्त्रालय र बिद्युत प्राधिकरणले गरेको छ । आयोजना प्रमुख चौधरीले एउटै जिल्लामा दुई वटा राष्ट्रिय प्रसारण लाइनको दुई वटा सवस्टेशन गुल्मीमा मात्र रहेको बताए । उनले भने,“योजनाको सफल परीक्षण गर्न पाएकामा हामी त खुसीनै छौ त्यो भन्दा भाग्यमानी गुल्मेली नागरिक छन् । एउटै जिल्लामा दुई वटा सवस्टेशन निर्माण भएका छन् ।”

कुनै समय टुकी बालेर चुनावी अभियान सञ्चालन गर्नुपर्ने गुल्मीका निर्वाचन क्षेत्रहरुमा दुई सवस्टेशन निर्माण गरेर बिद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिन पाउनु गुल्मेलीको लागि निकै सुखद बिषय भएको बताए । पूर्व उर्जामन्त्री गोकर्ण बिष्टले आफुले समावेश गरेको महत्वपूर्ण आयोजना सफल हुँदा गर्वको महसुस भएको बताउँदै अब उद्योग कलकारखाना मार्फत जनताको आर्थिक समृद्धिको पक्षमा काम गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले राष्ट्रिय प्रसारण लाइनमा जोडिने बित्तिकै नागरिक मात्रै नभएर सरकारी काममा समेत सहज भएको बताए । उनले धेरै पटक बिद्युत जाँदा सरकारी कार्यालयबाट हुने सेवा प्रबाहमा समेत ठूलो समस्या हुँदै आएको अवस्थामा राष्ट्रिय प्रसारण लाइनले ठूलो राहत प्रदान गरेको बताए ।

जव गोकर्णको सपना पूरा भयो
विकासप्रेमी नेता गोकर्ण विष्ट गुल्मी–२ सँगै सिंगो जिल्लाको विकासमा ध्यान दिने नेता हुन ।

भुईमान्छेका कुरा सुन्ने उनको गर्विलो छविले आम जनता उनी सँग सन्तुष्ट हुन्छन् । जनताका समस्या सँग नजिक हुँदै त्यसको समधानकालागि पहल कदमी गर्ने उनको बानी धेरै नेताका लागि सिकाई बन्न सक्छ ।

नेता विष्ट गुल्मीको विद्युक्तिकरणमा चिन्ता गर्थे । गाउँ गाउँ विद्युक्तिकरण भएपनि ट्रिपिङ समस्याबाट जनता पीडित थिए । यस कारण पनि उनी गुल्मीको विद्यूक्तलाई राष्ट्रिय प्रशारण लाईनमा जोड्न चाहन्थे ।

उनकै पहलमा यो आयोजना सुरु भयो । दुई दिन देखि परिक्षण समेत भएको छ ।

‘गुणस्तरिय विद्युक्त गुल्मेली जनताले उपयोग गर्ने दिन आउँदा खुसी लागेको छ । यसले अब साना ठुला उद्योग देखि लद्यु र घरेलु उद्योग सञ्चालनमा समेत कठिनाई हुने छैन् । पहिले जस्तो विद्युक्तको समस्या अब हुँदैन’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित