५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव                
समाचार :

संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन

नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीको संसदीय राजनीतिक यात्रा राष्ट्रिय सभातर्फ सोझिएको छ ।

आइतबार भएको निर्वाचनमा उनी ६ हजार ३०३ मतसहित विजयी भएकी छन् ।

एमाले विभाजन, नेकपा एकीकृत समाजवादी गठन, नेकपा एसको महाधिवेशनमा पराजित र फेरि एमाले फिर्तीसँगै पूर्वमन्त्री झाँक्रीको संसदीय यात्रा राष्ट्रिय सभातर्फ अघि बढेको हो । विद्यार्थी पृष्ठभूमिबाट पार्टी राजनीतिमा आएकी झाँक्री राजनीतिका हरेक विषयमा डिबेट गर्न सक्ने क्षमता राख्छिन् ।

एमालेको विद्यार्थी संगठन अखिलको अध्यक्षदेखि राजनीतिमा होमिएकी उनी समानुपातिक सांसद र पार्टी विभाजनपछि शहरी विकास मन्त्रीसमेत बनेकी थिइन् । तीन वर्षअघि २०७९ सालको आमनिर्वाचनमा गुल्मी– २ बाट एमाले नेता तथा हालका उपाध्यक्ष गोकर्ण विष्टसँग पराजित भएकी उनले फेरि राष्ट्रिय सभाबाट संसदीय यात्राको थालनी शुरू गरेकी छन् ।

हालै सम्पन्न एमाले महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित झाँक्रीले गुल्मीबाटै प्रत्यक्ष चुनाव लड्ने चाहना राखेकी थिइन् । तर, गृहजिल्लाबाट उपाध्यक्ष गोकर्ण विष्ट उम्मेदवार बनेपछि पार्टीले उनलाई राष्ट्रिय सभामा पठाएको थियो ।

२०५४ मा एमाले विभाजन हुँदा नेकपा मालेमा लागेकी झाँक्री वामदेव गौतमसँग २०५८ सालमा एमालेमा फर्किएकी थिइन् । राजाको निरंकुश शासन शुरू सँगै उनी निरंकुशताविरुद्धको आन्दोलनमा जोडिइन् । २०६२/०६३ सालको जनआन्दोलनमा विद्यार्थी नेताको रूपमा झाँक्री अग्रमोर्चामा उभिएकी थिइन । झाँक्री स्पष्ट वक्ता, प्रगतिशील र आलोचनात्मक नेतृका रूपमा चिनिन्छिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित