संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट                
समाचार :

एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार

नेकपा एमालेले रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।​

रूपन्देही क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य तथा पूर्वप्रदेशसभा सदस्य दधीराम न्यौपाने, रूपन्देही २ बाट एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल र क्षेत्र नम्बर ३ मा वासुदेव घिमिरे उम्मेदवार बन्ने टुंगो लागेको हो ।

यस्तै क्षेत्र नम्बर ४ मा महिला नेतृ सुनीत ठठेर र क्षेत्र नम्बर ५ मा खिमलाल भट्टराई उम्मेदवार बन्ने भएका छन् ।

एमाले सचिव छविलाल विश्वकर्मा उम्मेदवार नबन्ने घोषणा गरेसँगै न्यौपानेलाई पार्टीले अघि सारेको हो ।

यस्तै क्षेत्र नम्बर ३ उम्मेदवार घिमिरे यसअघि क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए । उनी तिलोत्तमा नगरपालिकाका पूर्वमेयर तथा युवा नेता हुन् ।

क्षेत्र नम्बर ४ की उम्मेदवार ठठेर पूर्वप्रदेशसभा सदस्य हुन् ।

यस्तै क्षेत्र नम्बर ५ मा भट्टराई पूर्व राष्ट्रियसभा सदस्य हुन् ।

शनिबार बसेको एमाले सचिवालय बैठकले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेललाई पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

अन्ततः उनले रूपन्देही २ बाटै प्रतिस्पर्धा गर्ने भएका छन् ।

योसँगै ५ वटै क्षेत्रमा उम्मेदवारको टुंगो लागेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित