तिनाउ खेल सप्ताह २०८२ अन्तर्गत आज दोस्रो दिन खेल इन्चार्ज सुन्दर बेलबासे जीवन आचार्यको नेतृत्वमा विभिन्न खेल सम्पन्न भएका छन् ।
सिनियर सर्टपुट अन्तर्गत निरज थापा प्रथम, दिवस राशि द्वितीय र प्रिन्स लामिछाने तृतीय भएका छन् । त्यस्तै अन्तर सदनात्मक जुनियर रिले दौडमा हरियो सदन (Green House) प्रथम भएको छ जसमा रिदिश गुप्ता, सङ्गम काउचा, सुसान विश्वकर्मा, सुप्रित पाण्डे सहभागी रहेका थिए ।
दोस्रो पहेंलो सदन (Yellow House) भएको छ जसमा सुलभ थापा, सिद्धार्थ गौतम, एम्स सुनार, सनसाइन तुलाचन सहभागी रहेका थिए ।
यसैगरी रिले दौड जुनियर छात्रामा रातो सदन प्रथम भयो ।
जसमा सुहाना बस्नेतको समूह प्रथम तथा निलो सदनले दोस्रो स्थान हासिल गर्न सफल भयो जसमा सुवेक्षा खत्रीको समूह सहभागी रहेका थिए ।
त्यस्तै २०० मिटर दौड सिनियर (छात्र) अन्तर्गत अस्मित डम्मरपाल प्रथम, प्रसिल सुनार द्वितीय र प्रिन्स लामिछाने तृतीय भए । यसैगरी सिनियर (छात्रा)मा आकृति महत प्रथम, सम्झना भण्डारी द्वितीय र कृति खत्री तृतीय भए।
यसैगरी डबल व्याडमिन्टन सिनियर (छात्र) खेलमा आयुष ज्ञवाली र शुभम् चालिसे प्रथम, रञ्जन गाहा र निर्जल तिवारी द्वितीय साथै अनमोल सिंजाली र सुसान पुन तृतीय साथै जुनियर (छात्र) अन्तर्गत जनम सुनार र अव्सन राना प्रथम तथा कुशल थापा र आरुष थापा द्वितीय साथै प्रतिक कार्की र प्रत्युष पन्थी तृतीय हुन सफल भए ।
डच बल खेल सिनियर (छात्रा) अन्तर्गत हरियो सदन (Green House) प्रथम भएको थियो जसमा तोनुजा दर्नाल, किन्जल क्षेत्री, प्रतिष्ठा ज्ञवाली, ईशा पोखरेल, अनुसा खत्री, सुमिधा बज्राचार्य, सलिना सारु, रोशनी खाम्चा रहेका थिए साथै रातो सदन(Red House) द्वितीय स्थान हासिल गर्न सफल भएको छ जसमा खुशी खातुन, सानिया चौधरी, कृति खत्री, सोनिङ थापा, प्रसिद्धि बस्नेत, जेनिशा गाहा, एन्जल तुलाचन, जस्मिन बेल्बासे सहभागी रहेका थिए । कबड्डी खेल जुनियर (छात्रा) अन्तर्गत रातो सदन (Red House) प्रथम भएको छ जसमा सिनल कार्की, एन्जल सारु, सदीक्षा खत्री, ईच्छा जि.सी अर्जना खनाल, अन्वेशा सुनार, जेनिशा थापा, इभा सुनार, लेविस्का सुनार रहेका थिए।
द्वितीय स्थान हरियो सदन (Green House) भएको थियो जसमा अन्सिका कुँवर, बिनिशा रायमाझी कृष्टी क्षेत्री , ओजस्वी बस्याल, एड्रिना रायमाझी, प्रशंसा सुनार, एलिना खेवाङ , मुनिका घिमिरे, शीखा बलाल रहेका थिए। यसैगरी लङ जम्प सिनियर(छात्र) अन्तर्गत दिवश राना प्रथम, अब्दुल रसिद द्वितीय, प्रिन्स लामिछाने तृतीय भए ।
हाई जम्प सिनियर (छात्र) अन्तर्गत अभिनव ज्ञवाली प्रथम, शिशिर बि.के द्वितीय र रिशभ भण्डारी तृतीय भए । आज भएका तेक्वान्दो खेल अन्तर्गत छात्रा पुम्से सिनियरमा गरिमा रायमाझी प्रथम, प्रियन्सी पराजुली तृतीय भए। छात्र पुम्से सिनियरमा सिर्जना श्रेष्ठ प्रथम, सुगम अर्याल द्वितीय र युजन सारु तृतीय भए यसैगरी छात्र पुम्से जुनियर मा आयुष खत्री प्रथम, क्रिसुल कंडेल द्वितीय र अविशेक थापा तृतीय भए। छात्रा जुनियर अन्तर्गत आसिन थापा प्रथम, तोनुजा दर्नाल द्वितीय र ज्योसना अस्लामी तृतीय भए। यसैगरी तेक्वान्दो छात्र कक्षा सव जुनियरमा सुगम अर्याल प्रथम, आदित्य खनाल द्वितीय र अभिशेक थापा तृतीय भए ।
छात्र जुनियरमा युएन सारु प्रथम, क्रिसुल कंडेल द्वितीय र रञ्जन गाहा तृतीय भए । छात्रा जुनियरमा प्रियन्सी पराजुली प्रथम, सदीक्षा पचभैया द्वितीय र गरिमा रायमाझी तृतीय भए । छात्र सिनियर अन्तर्गत सिर्जन श्रेष्ठ प्रथम, सुकुमार रोका द्वितीय र सुमन बराल तृतीय भए साथै छात्रा सिनियरमा तोनुजा दर्नाल प्रथम, प्लेनमा कठायत द्वितीय र कृषा ढेंगा तृतीय स्थान हासिल गर्न सफल भए । लङ जम्प सिनियर छात्रा अन्तर्गत आकृति महत प्रथम, प्रशिद्धि बस्नेत द्वितीय र सञ्जना घर्ती तृतीया भए ।

यसैगरी हाई जम्प छात्रामा आकृति महत प्रथम, सलिना सारु द्वितीय र सम्झना भण्डारी तृतीय स्थान हासिल गर्न सफल भए । सिनियर छात्र अन्तर्गत Tug of War खेलमा रातो सदन(Red House) प्रथम भएको थियो जसमा सुशान्त पुनको समुह रहेको थियो साथै द्वितीय स्थानमा निलो सदन(Blue House) भयो जसमा अस्मिता डम्मरपाल, दिवश राना, ओनिक्स थापा, आयुष कारक, आयुष सोमै, अनमोल सिंजाली, ऋषि कंडेल सचिन थापा सहभागी थिए । यसैगरी Javelin Throw सिनियर छात्र अन्तर्गत निरज थापा प्रथम, दिवश राना द्वितीय र अव्सन सुनार तृतीय तथा छात्रा अन्तर्गत सुमिधा बज्राचार्य प्रथम, ईशा पोखरेल द्वितीय र एन्जिला श्रेष्ठले तृतीय स्थान हासिल गर्न सफल भए ।
आजको विगिनर्स खेल अन्तर्गत इन आउट खेल सम्पन्न भयो । जस अन्तर्गत मन्टेश्वरीमा अध्ययनरत आर्यन पोखरेल प्रथम, अनुज कार्की द्वितीय र अनमोल पौडेल तृतीय, तथा Balloon Blast खेलमा शिशिर दर्लामी प्रथम, उज्ज्वल आर. मगर द्वितीय आश्भी चापागाईं तृतीय हासिल गर्न सफल भए ।
नर्सरी In-Out खेलमा अनन्या चौधरी प्रथम, प्रिन्स खनाल द्वितीय र सुशान्त परियार तृतीय, Run and collecting thing’s खेलमा युनिक रेग्मी प्रथम, जेनिसा श्रीस द्वितीय र सिद्धान्त गौचन तृतीय, ए. ल. केजी In-Out खेलमा एरिका बलाल प्रथम, सुरभी भुसाल द्वितीय र संयोग सोमै तृतीय भए ।
Clap and Pick the things up खेलमा लिब्या पाण्डे प्रथम, एरिका बलाल द्वितीय र अविसा थापा तृतीय, यु. केजी Clap and pick up खेलमा अस्टिन पुन प्रथम, कृपम पराजुली द्वितीय र सुविक्षा थापा तृतीय, In-Out खेलमा प्रिन्स चौधरी प्रथम, सुविक्षा थापा द्वितीय र नईश्मा दर्लामी तृतीय हासिल गर्न सफल भए ।
कक्षा एक In-out खेलमा नईशा घिमिरे प्रथम, निर्यङ्ग सोमै द्वितीय र प्रिन्सा खनाल तृतीय तथा Musical Chair खेलमा देव्यान्सु पाण्डे प्रथम, नईश्मा घिमिरे द्वितीय र अरुणा पौडेलले तृतीय स्थान हासिल गर्न सफल भए।
यसैगरी सब जुनियर ( २,३,४) अन्तर्गत Pyramid with balloon खेलमा आदित्य परियार(४) प्रथम, सक्षम पौडेल(३) द्वितीय र ध्रुव सुनार(२) तृतीय साथै Toffee Bite खेलमा आरुसी खनाल(४) प्रथम, समर्पण बि.के(३) द्वितीय र युनिक कडेंल(२) तृतीय तथा Hot Potato खेलमा अङ्किता सुनार(२) प्रथम, निभ्या क्षेत्री(४) द्वितीय र सुशान्त भट्टराई(३)ले तृतीय स्थान हासिल गर्न सफल भए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डेज्यूको अध्यक्षता र प्राचार्य सीता पाण्डेज्यूको उद्घाटनबाट माघ २ गते शुक्रबारदेखि सञ्चालन भएको खेल ४ गते आइतबारसम्म कुल ६८ वटा खेलका विधामा ४९८ वटा पदकका लागि खेल सञ्चालन हुनेछ।
खेल सप्ताहमा बिगिनर्स, सब-जुनियर, जुनियर र सिनियर गरी चारवटा समूहमा विद्यार्थीहरूलाई विभाजन गरी खेलाइनेछ।
कुनै एक विद्यार्थी ट्र्याक एण्ड फिल्ड गरी जम्मा तीनवटा खेलहरुमा सहभागी हुन सक्नेछ भने खेल खेल्दा विद्यार्थीहरु समूहगत, जोडी वा एकल रुपमा समेत सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
खेललाई व्यवस्थापन गर्नका लागि माया बराल, लीला शर्मा, कविता थापा, आशा हिताङ, मुना ज्ञवाली,एस्मिन गिरी, सुन्दर बेलबासे र जीवन आचार्यलाई फिल्ड संयोजकको जिम्मेवारी र अन्य शिक्षकहरूलाई तहगत खेल संयोजकको रूपमा जिम्मेवारी दिई खेल खेलाइएको छ।
हिजो उद्घाटन सत्रका खेलहरूमा मन्टेस्वरीतर्फ जम्प इन रिङ खेलमा प्रिजेन्ट श्रेष्ठ प्रथम, ग्रासी राना द्वितीय र इप्सिता थापा तृतीय भइन् भने कलेक्सन अफ बल्स खेलमा पर्णिका पोखरेल प्रथम, अधिराज गौतम द्वितीय र आयुष रायमाझी तृतीय भए ।
कक्षा नर्सरीका लागि भएको कप एण्ड बल रेस खेलमा निवान क्षेत्री प्रथम, सुप्रिम सारू द्वितीय र एरिका थापा नेपाली तृतीय भइन ।
हट पोटयाटो खेलमा विमंश सेन्चुरी प्रथम,अभिनव सुवेदी द्वितीय र उत्साह थापा तृतीय भए त्यसैगरी एलकेजी र युकेजीका लागि भएको कलेक्सन बल्समा(एलकेजी) सारा कार्की प्रथम, एरिका केसी द्वितीय र अनिका पुन तृतीय र युकेजीतर्फ आहाना खड्का प्रथम,अपरिशा पोखरेल द्वितीय र सिस्तोता खड्का तृतीय भइन्।
बिल्डिङ ब्लग्समा क्रिस्टिना बुढाथोकी र अस्टिन आले प्रथम, साम्रागी सेन र प्रिसा अधिकारी द्वितीय सुबिन नेपाली र कृष्ण बिके तृतीय , वानका लागि बलुन ब्लास्ट खेलमा लेजल सुनार प्रथम, वृक्षा महत द्वितीय र सिसम घिमिरे तृतीय भए र बास्केटिङ द बलमा प्रज्वल राना प्रथम, वृक्षा महत द्वितीय र दामोदर जिसी तृतीय भए सब जुनियरका लागि भएको बुकब्यालेन्स खेलमा एलेक्स खनाल प्रथम,आरोसी खनाल द्वितीय र उबिना रेशमी तृतीय भइन्।
स्पोन रेस खेलमा क्रिस्टिना कार्की प्रथम, क्षितिज बिके द्वितीय र हिमानी राई तृतीय कुर्ची दौड खेलमा अभिजन भण्डारी प्रथम, अभिषेक न्यौपाने द्वितीय र पियान्स कार्की तृतीय भए । एवं सिनियरका लागि फुटबल, क्रिकेट र भलिबल खेलहरू सम्पन्न भए।
विद्यालय परिसरमा सञ्चालन हुने खेलको व्यवस्थापन लक्ष्मी पाण्डे र शान्ता शर्माले गर्नुभएको छ भने विद्यालय परिसरभन्दा बाहिरका खेलहरू सूर्यप्रसाद पाण्डे र नारायण पोखरेलहरूले गर्नुभएको छ। सम्पूर्ण खेलको सञ्चालन र व्यवस्थापन अतिरिक्त क्रियाकलाप सल्लाहकार अग्निधर पोखरेल र अतिरिक्त क्रियाकलाप संयोजक नवीन रत्न शाक्यले गर्नुभएको छ।










