विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा विष्ट-झाँक्रीसहित ६ जना

रूपन्देही । नेकपा एमाले गुल्मीको दुईवटा निर्वाचन क्षेत्र मध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ भने २ नम्बर क्षेत्रमा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित छ ।

एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट ६ जनाको नाम छलफलमा रहेपनि टुंगो लागेको छैन ।

२ नम्बर क्षेत्रीय कमिटीको यसअघिको बैठकमा नेता गोकर्ण विष्टको नाम एकल पठाउन प्रस्तावित भए पनि अन्य आकांक्षी पनि बोलेपछि कुनै निर्णय भएको छैन । यो बैठकमा नेतृ रामकुमारी झाँक्री,राजेन्द्र अर्याल, जीवन खरेल, कृष्णप्रसाद आचार्यले आकांक्षा राखेका थिए भने डाक्टर नगेन्द्र अर्यालले टेलिफोनमा नाम टिपाएका थिए ।

क्षेत्रीय कमिटी सचिव अर्जुन आचार्यले अहिलेसम्म कुनै निर्णय नभएको जनाएका छन् । ‘अध्यक्ष रितबहादुर थापा बिरामी परेर बुटवल जानुभएको छ, यसअघिको बैठकमा छ जनाले आकांक्षा राखेको हो, एकल नाममा सहमति भए विष्टको जान्छ नभए सबैको नाम जिल्लामा पठाउने नै हुन्छ होला’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित