जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

 सेरिक समिट नेपाल २०२५ पोखरामा  सम्पन्न 

सेरिक समिट नेपाल १९ देखि २१ डिसेम्बर २०२५ सम्म नेपालको पर्यटन राजधानी पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। पोखराको पाँचतारे होटल होटल पोखरा ग्रान्डिमा आयोजना गरिएको यस अन्तर्राष्ट्रिय समिटले युवा नेतृत्व, आपसी सद्भाव तथा अन्तरदेशीय सहकार्यलाई थप मजबुत बनाएको छ।दक्षिण पूर्व एशियाका विभिन्न रोट्रयाक्ट डिष्ट्रिक्टहरूलाई एकआपसमा जोड्दै नेतृत्व विकास र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम सेरिक एमडिआईओ (South East Asia Rotaract Information Centre – Multi District Information Organization)अन्तर्गत सम्पन्न भएको हो।समिटमा नेपाल, भारत, श्रीलंका र अष्ट्रेलियाबाट आएका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम सेरिक एमडिआईओ अध्यक्ष आलोक पाण्डे तथा होस्ट डीआरआर दिनेश गैरे (रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२)को संयुक्त अध्यक्षतामा सम्पन्न भयो।

उद्घाटन सत्रमा होस्ट डीआरआर दिनेश गैरेले स्वागत मन्तव्य व्यक्त गर्दै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतिनिधिहरूलाई हार्दिक स्वागत गर्नुभयो। उहाँले सेरिक एमडिआईओ, सहभागी जिल्लाहरू, प्रायोजक तथा सम्पूर्ण सहयोगीहरूप्रति विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।कार्यक्रमका प्रमुख अतिथि माननीय बेशबहादुर पोखरेल, वन तथा वातावरण मन्त्रीले युवाहरूले राष्ट्र तथा समाज निर्माणमा खेल्ने भूमिकाको प्रशंसा गर्दै समिटको सफलताको शुभकामना व्यक्त गर्नुभयो।विशेष अतिथिका रूपमा उपस्थित रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले विश्वस्तरीय नेतृत्व, मित्रता र व्यवहारिक नेतृत्व सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।कार्यक्रममा PDG संजय गिरी, जितेन्द्र बहादुर राजभण्डारी, IPDG राजेन्द्र मान शेरचन ,DGN Nominee प्रो. डा. आई.पी. ढकाल, सेरिक एमडिआईओका पूर्व अध्यक्ष मुकेश प्रताप सिंह तथाअध्यक्ष–निर्वाचित सुभम गोयल रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का आइपिडिआरआर बिक्रम क्षेत्री लगायतको गरिमामय उपस्थिति रहेको थियो।

समिटको पहिलो दिन औपचारिक उद्घाटन समारोहसँगै नेतृत्व, सेवा, संगठन विकास तथा अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी ज्ञानवर्द्धक सत्रहरू सञ्चालन गरिए। औपचारिक कार्यक्रमको अन्त्यमा समिट चेयर रोशन कार्कीले धन्यवाद ज्ञापन प्रस्तुत गर्नुभयो भने स्नेहा शाक्यले आभार मन्तव्य व्यक्त गर्नुभयो।

दोस्रो दिन सहभागिता, सांस्कृतिक आदान–प्रदान तथा मैत्रीपूर्ण प्रतिस्पर्धामा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिए। सहभागीहरूलाई पुम्दीकोट भ्रमण गराइयो। त्यसपछि अन्तर–जिल्ला क्विज प्रतियोगिता, अन्तर–जिल्ला सेवा परियोजना प्रतियोगिता तथा बहुप्रतीक्षित मिस सेरिक र मिस्टर सेरिक प्रतियोगिता सम्पन्न भए। साँझ सांगीतिक कार्यक्रममार्फत सहभागीहरूबीच मित्रता र उत्सवको माहोल सिर्जना गरियो।तेस्रो तथा अन्तिम दिन सहभागीहरूले फेवा तालमा डुङ्गा सयर तथा तालबाराही मन्दिर दर्शन गरे। समापन समारोहसँगै तीन दिनसम्म चलेको यो अन्तर्राष्ट्रिय समिट औपचारिक रूपमा सम्पन्न भयो।समग्रमा, सेरिक समिट नेपाल २०२५ रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का लागि ऐतिहासिक तथा स्मरणीय उपलब्धि बन्न सफल भएको छ। यस समिटले नेपालको आतिथ्य, युवा नेतृत्वको क्षमता तथा दक्षिण पूर्व एशियाका रोटार्याक्टरहरूबीचको एकता, मित्रता र सहकार्यलाई अझ मजबुत बनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित