लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

पत्रकार सुरेश परियारलाई ‘उत्कृष्ट युवा पुरस्कार’

रुपन्देहीलाई कार्यथलो बनाएर एक दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार सुरेश परियार राष्ट्रियस्तरको ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’ बाट सम्मानित भएका छन्।

नेपाल जेसिजको ५२ औं राष्ट्रिय महाधिवेशनको अवसरमा परियारलाई नगद, स्वर्ण पदक र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो। देशभरबाट गरिएको छनोटका आधारमा ‘प्रशासन तथा प्रचार’ पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल जेसिजले उनलाई एकल रुपमा यो विधाबाट छनोट गरेको थियो।

महाधिवेशनको उद्घाटन समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। विगत एक दशकदेखि रुपन्देहीमा रहेर निरन्तर पत्रकारिताका माध्यमबाट समाजको आवाज बुलन्द पार्दै आएका परियारलाई उनको मेहनत र क्रियाशीलताको कदर गर्दै पुरस्कृत गरिएको जेसिजले जनाएको छ ।

नेपाल जेसिजले हरेक वर्ष विभिन्न विधामा समाजका लागि विशिष्ट योगदान पुर्‍याउने युवाहरुलाई सम्मान गर्दै आएको छ । सोही परम्पराअनुसार यस वर्ष पत्रकारिता र प्रचार क्षेत्रबाट परियारलाई पुरस्कार प्रदान गरिएको हो। स्वर्ण पदकसहितको उक्त पुरस्कारले आफूलाई पत्रकारिता कर्ममा थप जिम्मेवार र उत्साहित बनाएको परियारले बताएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित