लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न

बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न भएको छ ।

धर्म, संस्कार कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक लुम्बिनी पूजासामग्री भण्डार बुटवलद्वारा सामूहिक शंख बजाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । विश्व हिन्दु महासंघ बुटवलको सभाहलमा आयोजित कार्यक्रममा २० जना प्रशिक्षकहरूले विभिन्न समूहमा प्रशिक्षार्थी हरूलाई विभाजन गरी शंख बजाउन अभ्यास गराइएको थियो ।

कार्यक्रममा शंखको उत्पति, परिचय, शंखको धार्मिक, सांस्कृतिक वैज्ञानिक महत्व, शंख फुक्दा स्वास्थ्यमा, वास्तुमा, पर्यावरणमा हुने लाभको बारेमा वाचन सम्राट एवं धार्मिक अभियन्ता भीमकान्त पन्थीले कार्यपत्र पेश गर्नुभएको थियो । प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले गीता र विभिन्न पुराणहरुमा शंखको महिमा, स्थान र कथा प्रसंग भएको उल्लेख गर्नुभएको थियो ।

सञ्चारकर्मी खेम रेग्मीले यस प्रकारका कार्यक्रमले हाम्रो धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्याउने र यस्ता कार्यक्रम निरन्तर गरिरहनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

घरघरमा शङ्ख भएर पनि बिहान सांझको नित्य पूजामा बज्न छोडेको, शंख बजाउने इच्छा भंखर पनि बजाउन नजानेको र कतिपय देवकार्यमा समेत बज्न छोडेकोले शंख प्रशिक्षण कार्यक्रमक मार्फत सबैलाई शंख बजाउन सिकाउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमा पहिलोपटक यस प्रकारको कार्यक्रम देख्ने अवसर पाएको र साच्चिकै यसले हाम्रो सनातन धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्या विश्वास व्यक्त गर्नुभयो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित