लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव

बुटवल । रुपन्देहीको सुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा यही मंसिर २४ गतेदेखि शुद्धोधन उद्योग बाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव ०८२ आयोजना हुने भएको छ । शुद्धोधन उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको दोस्रो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सव बारे जानकारी गराउन सोमबार आयोजित पत्रकमर सम्मेलनमा बोल्दै संघका अध्यक्ष लालमणी श्रेष्ठले स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि, पशुपालन, तरकारी, खाद्यान्य, फलफूल, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजार सम्भावना सहित सार्वजनिक प्रर्दशनी महोत्सवमा गरिने बताए । त्यस्तै उनले महोत्सवले व्यापारिक अवसरको विस्तार, स्थानीय व्यापारी, सहकारी, उद्यमी तथा उद्योगीहरुलाई एक अर्कासँग जोड्दै व्यवसायिक सम्भावनाको सृजना गर्ने बताए ।
महोत्सवमा शुद्धोधनका ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यहरुको प्रचार प्रसार गरिने संघका महासचिव विष्णु पंगेनीले बताए । संघका उपाध्यक्ष तथा मेला संयोजक कृष्णप्रसाद सुवेदीले महोत्सवको माध्यमबाट स्थानीय वस्तुको प्रचारका साथै छपियाको माछालाई अझ बढी प्रवर्द्धन गर्न सकिने गरी आफूहरु लागि परेको बताए । ३ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा ५ करोड भन्दा बढिको कारोबार हुने अपेक्षा संघको रहेको छ । पौष ६ गतेसम्म सञ्चालन गरिने महोत्सवमा १२० बढी स्टल सहभागी हुने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित